Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्या अभियोगमा खड्का पक्राउ

दोलखा । आफ्नै दाइ ५८ वर्षीय दुर्गा बहादुर खड्कालाई खकुरी प्रहार गरी हत्या गरेको अभियोगमा शैलुङ गाउँपालिका(३ गोथ्ले बस्ने ५२ वर्षीय राम बहादुर खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
अंशबण्डाको बिषयलाई लिएर राम बहादुरले दाइलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मागापौवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुर्गा बहादुरको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरेहेको छ ।


सम्बन्धित समाचार