Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । ४२ वर्षको उमेरमा आइतबार भारतको दिल्लीमा उनको निधन भएको हो । संगीतकार तथा उनका निकट मित्र राजेश घतानीका अनुसार कार्डियाक अरेस्टका कारण तामाङको निधन भएको हो । तामाङ भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडल को तेस्रो संस्करणका विजेता हुन् । गायनसँगै उनले केही नेपाली चलचित्रमा अभिनय गरेर पनि दर्शकमाझ पहिचान बनाएका थिए । घतानीका अनुसार तामाङले हालै मात्र अभिनेता सलमान खानको एक चलचित्रमा खलनायकको भूमिकामा अभिनय गरिरहेका थिए । उनी पछिल्लो समय भारतीय फिल्म क्षेत्रमा समेत सक्रिय थिए । स्वर्गीय तामाङकी श्रीमती र एक छोरी छन् ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल