Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

५० हजार नागरिक अमेरिकाले मात्रै गुमायो

एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा २३ सय बढीको मृत्यु भएसँगै मृततको संख्या ५० हजारको हाराहारीमा पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ सय २२ जनाको मृत्यु भएपछि मृतकको संख्या कूल ४९ हजार ८ सय ४२ पुगेको छ । साथै, अमेरिकामा एकैदिन ३१ हजार ४ सय १९ नयाँ संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको संख्या ८ लाख ८० हजार १ सय ३६ पुगेको छ । संक्रमितमध्ये १४ हजार ९ सय ९७ को अवस्था गम्भीर छ भने ८५ हजार ९ सय २२ जना निको भइसकेका छन् ।


सम्बन्धित समाचार