Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार बिहान करीब ७ बजे जानकी मन्दिरमा पुगेर पूजापाठ र आरती दर्शन गरेका हुन्। रास्वपाले सोमबार जनकपुरधाममा गर्न लागेको जनसभालाई सम्बोधन गर्न आइतबार साँझ जनकपुर पुगेका शाहले आज बिहान पूर्वसांसद डा।अमरेश सिंहसँगै जानकी मन्दिरमा पुगेर पूजाआजा र दर्शन गरेका हुन्। बालेन जानकी मन्दिरमा पुग्दा रास्वपाका हजारौँ नेता कार्यकर्ताको उपस्थिति थियो। त्यसक्रममा बालेन र अमरेश दुवैले सँगै बसेर आरती अवलोकन गरेका थिए। पूजापाठपछि उनले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र उतराधिकार महन्थ रामरोशन दाससँ भेटघाट गरेका छन्। त्यसपछि बालेन मधेश आन्दोलनको स्मृतिमा मनाइने बलिदानी दिवसको अबसरमा आयोजित बलिदानी दिवस कार्यक्रममा सहभागी हुन सिरहाको लहान प्रस्थान गरेका छन्। लहानमा उनले मधेश आन्दोलनका प्रथम सहिद रोश महतोको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। लहानबाट जनकपुर फर्केपछि बालेनले आज दिउँसो १ बजे रास्वपाले जनकपुरधामको तिरहुतिया गाछिमा आयोजना गर्ने सभालाई सम्बोधन गर्नेछन्। सोही कार्यक्रममा पूर्व कांग्रेस नेतासमेत रहेका सिंह रास्वपा प्रवेश गर्ने कार्यक्रमसमेत छ। सभामा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाहसहितले सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल