Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरस्वती पूजाको मूर्ति सेलाउने क्रममा झडप

काठमाडौँ । रौतहटमा सरस्वती पूजाको मूर्ति सेलाउने क्रममा परोहा नगरपालिका–९ रामपुरखाप गाउँमा दुई समुदायबीच विवाद उत्पन्न भई उग्र रूप लिएको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ६८ राउन्ड अश्रुसेल प्रहार गरेको छ । मूर्ति सेलाउन गइरहेको जुलुस र फरक समुदायका केही नागरिकबीच सुरु भएको भनाभनाले झडपको रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिनुपरेको हो । घटनामा केही स्थानीय तथा सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । घाइते सबैको उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । घटनापछि रामपुरखाप क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी कडा सुरक्षा व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डिएसपी विष्णुप्रदीप बस्यालले दुवै पक्षलाई संयमित रहन आग्रह गर्दै समाजमा अशान्ति फैलाउने गतिविधिबाट टाढा रहन अनुरोध गरेका छन् । आवश्यक अनुसन्धानका क्रममा केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै जिल्ला प्रशासन कार्यालय रौतहटले धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी अपिलमा राजनीतिक दलको सहभागितामा स्थानीय अगुवाहरूसँग छलफल गरी समस्या समाधान गरिने उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल