Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बन्दुक सहित लालबहादुर पक्राउ

तनहुँ । घिरिङ गाउँपालिका-५ बस्ने ५५ वर्षीय लाल बहादुर गैरेलाई भरुवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी, फिदिम नगरपालिका-११ तृतियास्थित झाडीबाट लोड गरेको १ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा बुधबार राति प्रहरीले बरामद गरको छ । उक्त स्थानमा झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नागिनबाट खटिएको प्रहरीले घटनास्थल नजिकैको झाडीबाट उक्त बन्दुक फेला पारी बरामद गरेको हो । घटनामा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार