Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
हेमन्ता राई, गायिका
खोटाङको दिक्तेलमा जन्मनु भएकी र काठमाडौंको पुरानो वानेश्वरमा हुर्केबढेकी अहिलेकी लोकप्रिय गायिका हेमन्ता राई गीतसंगीतको क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । लामो संघर्ष, गीतसंगीतको यात्रासंगै लोक, आधुनिक नेपाली मौलिक साँस्कृतिक झल्किने गीत दर्शक श्रोताहरू माझ आफ्नो सुरिलो स्वर प्रस्तुती गरेर मन जित्न सफल गायिका राईले तेह्र वर्षको कलिलो उमेरबाट नै गीत गाउन थाल्नु भएको हो । पद्मकन्या क्याम्पसबाट म्युजिक बिषयमा व्याचलर गर्नु भएकी र थोरै गीत गाउने स्तरिय गाउने उहाँका नौलो छ, नाई नाई, मुटु बनि धड्किदिन्छु, डाली डाली लगायतका गीत चर्चामा छन् । गीतसंगीतको क्षेत्रमा पृथक पहिचान बनाउन सफल गायिका राईले गत साता नयाँ गीत ‘महङ्गो माया’को भिडियो सहित सार्वजनिक गर्नुभएको छ । लाहुरे परिवारमा जन्मनु भएकी र गीतसंगीतको क्षेत्रमा निरन्तर लागिरहने अठोट लिनुभएकी मिठो स्वरकी गायिका हेमन्ता राईसंग ताजाखबर साप्ताहिकको लागि गरेको कुराकानीः
० हालै ‘महङ्गो माया’ सार्वजनिक गर्नु भएको छ कस्तो प्रतिक्रिया पाई रहनु भएको छ ?
एक साता भयो गीत बजारमा आएको । छोटै समयमा गीतले राम्रै भ्युउज र श्रोताहरूको माया पाईरहेको कारण सन्तुष्ट छु ।
० कहिले देखि गायनको क्षेत्रमा हुनुहुन्छ ?
बिद्यालय समय देखि नै यस क्षेत्रमा समर्पित छु । लाहुरे परिवारमा जन्मेहुर्केको कारण डिसिपिलिङ्गमा वस्नु पर्ने बाध्यता भएपनि आफ्नो गायन प्रतिको रुचिका कारण तेह्र वर्षको उमेरमा नै पहिलो गीत रेकर्डिङ्ग गरेकी थिए ।
० पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको छ भन्छन् तपाईलाई के लाग्छ ?
सबैको सोच आआफ्नै हुन्छ कस्ले के भन्छ भन्दा पनि मैले के गरे भन्ने कुरा महत्वपुर्ण हो जस्तो लाग्छ मलाई ।
० सीडी क्यासेटको बिक्री बितरण बन्द नै भयो केको लागि गाउनु हुन्छ ?
गायनको कुरा गर्दा मलाई लाग्छ सिडि, क्यासेट एउटा दर्शक, श्रोता माझ पुराउने साधनमात्र हो साध्य होइन ।
० संगीतको ब्यवसायिक स्थिति धरापमा परेको छ जस्तो लाग्दैन ?
ब्यावसाय अर्थात पैसामा किन बेच गर्ने कुरा होला तर कलामा ब्यापार हुदैन भन्ने कुरा हामीले भुल्न हुदैन ।
० अहिलेको पुस्ताले नेपाली गीतसंगीत प्रति रुचि नदेखाउनुको कारण के होला ?
पुरानो र नयाँमा सांगीतिक तालमेल र शब्द चयनमा पनि केही फरकपन देखिएकाले होला जस्तो लाग्छ ।
० गीतसंगीत भनेको मनोरञ्जनकै लागिमात्र हो कि समाजमा सन्देश पनि दिने खालको हुनुपर्छ ?
गीतसंगीत एक प्रकारले भन्ने हो भने हरेक ब्यक्तिको नशा, नशामा हुन्छ तब त मनोरञ्ज र सन्देशको कुरा उठ्छ ।
० डिजिटल प्रविधिमा आएको परिवर्तनका कारण गायक, गायिकाले पहिलेको जस्तो मिहेनत गर्दैनन भन्छन् नि ?
यो सबै समय र प्रबिधिको उच्चतम् प्रयोगलाई मिहेनत नगरेको भन्न मिल्दैन ।
० कस्तो खालको गीतसंगीतले बजार तताउछ ?
गीतसंगीत भनेको साउनको भेल जस्तै हो । कति बेला कस्तो खाले गीतसंगीत दर्शक, श्रोताले रुचाउनु हुन्छ भन्न सक्ने स्थिति आईसको छैन ।
० अहिलेको युवा पुस्ताले मौलिकता भुल्दैछन् भन्छन् किन होला ?
मानव स्वभाव नै परिवर्तनाशिल हुन्छ । मुर्चुङ्गा, विनायो, सारङ्गीमा रमाउने हामी अहिले गिटार र ड्रमसेटमा रमाउन थालेका छौ । शब्दमा पनि सकेसम्म छोटो र छिटो बनाउन थालेका छौ त्यसैले होला जस्तो लाग्छ ।
० नेपाली गीतसंगीतमा पहिलेको जस्तो स्रोता नहुनुको कारण ?
त्यसो होईन, दर्शक श्रोता नभएको भए अहिलेको समयमा हामी गीतसंगीतका कुनै कलाकार नै हुँदैनथ्यौं र भिड नदेखिनुमा प्रबिधिले गर्दा जस्तो लाग्छ ।
० गीतसंगीतमा लगानी बालुवामा पानी भन्छन् नि ?
गीतसंगीत भनेको मैले अघिपनि भनिसके सबैको नशा, नशामा बगिरहन्छ । झन कलाकारहरू त त्यो नशामा समाहित भएका हुन्छन् । सिर्जना राम्रो दर्शक, श्रोता रुचिको भए लगानी डुब्दैन ।
० गायन क्षेत्रबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
गायन क्षेत्र भनेको सिमसार क्षेत्रको मुल जस्तै हो यसलाई रोक्छु या छेक्छु भनेर पनि सकिने कुरा हैन । घर परिवारका कारण बीचमा केही समय गीतसंगीतबाट टाढा हुनु परेको भएपनि समग्र प्रस्तुतिको हिसाबले सन्तुष्ट छु ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल