Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेनको स्वास्थ्यमा के थियो समस्या

काठमाडौँ । चुनावी कार्यक्रमका दौरान अस्वस्थ भएका रास्वपा नेता बालेन साह स्वास्थ्यलाभपछि आज झापा जाने भएका छन् । उनका सहयोगी अर्जुन घिमिरेका अनुसार उनी बेलुकीसम्म दमक पुग्ने कार्यक्रम छ । अबका दिनपछि उनी आफू उम्मेदवार रहेको झापा–५ का कार्यक्रममै व्यस्त रहने भएका छन् । चुनावी कार्यक्रमका क्रममा सुर्खेतमा अस्वस्थ भएपछि त्यसपछिका कार्यक्रम स्थगित गरी उनी काठमाडौँ फर्किएका थिए । खाना अपच भएर बान्ता हुने, पेट दुख्ने र रक्तचाप बढेका कारण उनी चुनावी कार्यक्रमबाट फर्किएका हुन् । काठमाडौँमा दुई दिनको उपचारपछि घरमै आराम गरेका उनी पूर्णतः स्वस्थ्य भएका छन् । निकटस्रोतका अनुसार डाक्टरले उनलाई स्वास्थ्य स्थिर राख्न केही औषधि दिएका छन् ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल