Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेको झण्डा जलाएको घटनामा म्यादी प्रहरी पक्राउ

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत रहेका महदेवा गाउँपालिका ५ भगवतपुर चोकस्थित नेकपा एमालेको झण्डा जलाएको आरोपमा एकजना पक्राउ परेका छन्। चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महादेव गाउँपालिका ५ कै २५ वर्षीय हरिनारायण मण्डल रहेका छन् । मण्डल निर्वाचन प्रहरीमा कार्यरत रहेको खुलेको छ। जिल्ला प्रहरी सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताए ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल