Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका(७, बिजौनास्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। आइतबार बिहान ७ बजेतिर वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकका बाँया किनारमा रहेको विद्युत् पोलमा ठोकिएको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको कमान्डमा ट्राफिक प्रहरीसहित १६ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घाइते २२ जनाको उद्धार गरी उपचारका लागि चितवनतर्फ पठाएको जनाएको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ। दुर्घटनापछि बस घटनास्थलमै रहे पनि राजमार्गमा सवारी आवागमन अवरुद्ध नभएको प्रहरीले जनाएको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १ किलोमिटर पश्चिमतर्फ पर्छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल