Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तुलसा भन्छिन्, मलाई अंश चाहिन्छ

काठमाडौं । टिकटकर तुलसा अधिकारीले चिमोरिया थरका विवाहित व्यवसायीसँग अंश दावी गर्ने बताएकी छन् । आफूलाई श्रीमतीको बराबर नै अंश दिनुपर्ने उनको नयाँ बयान छ । चिमोरियाले तुलसाविरुद्ध अपराधिक लाभमा जाहेरी दिएका थिए । आफूलाई बलात्कारमा फसाइदिने भन्दै तुलसाले पटक(पटक गरी साढे ४ करोड रूपैयाँ लिएको जाहेरीमा उल्लेख छ । तुलसा भने अहिले चीनमा छिन् । चीनबाटै उनले टिकटक भिडिओहरुमार्फत आफ्नो भनाइहरू सार्वजनिक गरिरहेकी छन् । यसअघि एउटा भिडिओमा तुलसाले आफू चिमोरियासँग सम्वन्धमा रहेको स्वीकार गरेकी थिइन् । चिमोरियाले आफ्नी पत्नीलाई चौंथो स्टेजको क्यान्सर भएको र धेरै नबाँच्ने भन्दै झूटो बोलेर आफूलाई मायाजालमा पारेको उनको दावी थियो । यसअघि उनले कसैसँग झूट बोलेर फकाएर नियतवस गरिने सम्वन्ध पनि बलात्कार होइन र ? भन्दै चिमोरियामाथि जबरजस्ति करणीमा मुद्दा हाल्ने संकेत गरेकी थिइन् । नयाँ बयानमा भने उनले त्यसो नगर्ने, बरु अंश दाबी गर्ने बताएकी हुन् । उनले भनेकी छन्, सोल्टी चिमोरियासँगको मेरो सम्बन्ध अदालतमा गएर सम्बन्ध स्थापना गरी पाउँ भनेर निवेदन दिएर बकाइदा अंश लड्ने सम्बन्ध हो । मैले किन दिन्छु र त्यो रेप थ्रेट ? मलाई त अंश चाहिन्छ । चार करोड होइन । तेरो श्रीमतीको जति पार्ट मैले पनि त्यति नै पार्ट पाउँछु । किनभने नि यो कानुनमा छ । आफूले मुद्दा हालेर अंश लैजाने डरले चिमोरियाले अगाडि नै आफ्नी श्रीमतीलाई अंश मुद्दा हालिसकेको दाबी पनि तुलसाले गरेकी छन् ।
तुलसाको भनाइको पूरा अंश यस्तो छः
बलात्कारको झूटो मुद्दामा तान्छु भनेर तुलसाले करौडौँको ब्ल्याकमेलिङ गरी भन्ने समाचार सुनिराख्नुभयो हैन रु सोल्टीसँगको चैँ मेरो सम्बन्ध अदालतमा गएर सम्बन्ध स्थापना गरी पाउँ भनेर निवेदन दिएर बकाइदा अंश लड्ने सम्बन्ध हो । मलाई केही पनि चाहिएको थिएन । मैले आफैले सरेन्डर गरेर वहाँको श्रीमान्(श्रीमती दुवैजनालाई राखेर पेपर गरेर हाम्रो आज उपरान्त लेनदेन केही पनि छैन, हामी शारीरिक, सामाजिक, मानसिक, आर्थिक रूपमा सँगै छैनौँ भनेर बकाइदा पेपर गरेर छोडिसकेको थिएँ । म मेरो लाइफमा अगाडि बढिसके पछाडि सोल्टीले मलाई कोट्याएको कोट्याएै, मान्छेसँग कुरा काटेको काट्यै, इन्डिया इन्डिया फोन गरेर मेरो बारेमा बोलेको बोल्यै, मेरो बारेमा चाहिने नचाहिने आरोप लगाको लगाइ गर्नुभयो । त्यसपछाडि सोल्टीले अब यो केसको लागि तुलसा लड्छे, यल्ले छोड्दिन भन्ने थाहा पाएर आफ्नो श्रीमतीलाई अंश मुद्दा दिइसक्नुभाको छ । अंश मुद्दा दिइ सकेर वहाँ सोल्टी पहिला आत्तिएर जाहेरी दिनुभाको हो । त्यो जाहेरीले मेरो लाइफमा केही पनि उछालपातो लाउनेवाला छैन । सोल्टीको जाहेरी प्रमाणित गर्नुपर्ने हुन्छ अदालतबाट । मैले किन दिन्छु र त्यो रेप थ्रेट रु मलाई के जरुरी छ र रु म त अंश मुद्दा पो लड्ने हो त । मलाई त अंश चाहिन्छ । चार करोड होइन । तँसँग तेरो श्रीमतीको जति पार्ट, मैले पनि त्यति नै पार्ट पाउँछु । किनभने नि यो कानुनमा छ । कोही मान्छेसँग शारीरिक फाइदाको लागि झुटो बोलेर झुटो कुराहरू स्थापित गरेर कसैको शरीरसँग खेल्नु पनि बलात्कार नै हो बुझिस ? तँसँग मैले अंश मुद्दा लड्ने हो । तँलाई किन दिन्छु मैले रेप थ्रेट ? आफूले खनेको खाल्टोमा आफैँ जाकिनलाई रेडी भएस ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल