Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सर्लाही–३ मा उम्मेदवार बनाएका नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ। ०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निकटम प्रतिस्पर्धी बनेका साह यसपटकको निर्वाचनमा उम्मेदवारी मनोनयनको अघिल्लो दिन रास्वपामा प्रवेश गरेका थिए। पार्टी प्रवेश गर्नासाथ उनलाई रास्वपाले उम्मेदवार बनाएको थियो। कालोसूचीमा रहेका धनुषा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले मंगलबार खारेज गरेको थियो। कर्जा सूचना केन्द्रको विवरण अनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको छ। जुन अद्यावधिक कायम छ। उनको नाम कर्जा सूचना केन्द्रको कालोसूचीको ८९६३५ नम्बरमा छ। सर्लाहीका सहायक सीडीओ होमप्रसाद घिमिरेले कलवार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहे नरहेको विषयमा अनुसन्धान भइरहेको बताए। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कलवारको विषयमा अहिलेसम्म आयोगमा उजुरी नपरेको जानकारी दिए। उहाँको विषयमा अहिलेसम्म उजुरी परेको छैन, उनले भने, उजुरी पर्यो भने हामी त्यसविषयमा आवश्यक निर्णय गर्नेछौँ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल