Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्री ७ बन्ने ओलीको चाहना !

काठमाडांै । आखिर जनताको पीडा र बेदना भन्दा राज्य लुटको महामारी चम्काएर भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्री केपी ओली र उनको मण्डलीको व्यवहारले बहुमत प्राप्त पार्टीको बदनामी गरेर छाड्यो । पूर्व प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनालको मर्यादा कही पनि रहेन । आफ्नो सम्मान खोज्नेले अर्काको सम्मान गर्न सक्नु पर्छ । तर प्रधानमन्त्री ओलीले आफू श्री ७ बन्न खोजे । उनको वरपर बसेर देश लुट्ने समूहको उक्साहटमा उनी झुमे । ओलीको दानवीय स्वभावको विरोध गर्नेमाथि गुण्डा लगाउने शैली पुरानै हो । कम्युनिष्ट पार्टीको अधिनमा सरकार हुन्छ भन्ने मान्यतामाथि ओलीले धावा बोले । अराजकता ओलीको सिद्धान्त बन्दैछ ।
समाजमा लज्जा हुने पार्टी एकताको विषय ओझेलमा परेको छ । कार्यकर्ता भद्रगोल छन् । पार्टीको काम आउला र समय बित्ला भन्ने सोचाई भएका पूर्व होलटाइमर क्याडरहरु समेत निराश छन् । पार्टी विभाजन गर्ने गरि ल्याइएको अध्यादेशले ओली र विद्या भण्डारीको निरंकुशतावादी चरित्रबाट पीडा सह्यो । पार्टी बदनाम भयो । अहिले दल विभाजन अध्यादेशबाट पीडित भएका राजपा र समाजवादीले ओली सरकारको सूचना षड्यन्त्र गोप्यताको दूरी ध्वस्त बनाइदिएको छ । आफूले ल्याएका योजना सफल नभएपछि नैतिक रुपमा पद त्याग्नु राजनीतिक सिद्धान्त र निष्ठा हुन्छ । तर ओलीको हैकमवादले त्यो ध्यान दिएन । ओलीभन्दा वरिष्ठ नेकपा एमालेमा धेरै थिए । तर ओली कालमा उनकै सेवक बन्नेहरुले वरिष्ठ नेताहरुको मान मर्यादा राखेको थिएन । माओवादीले समेत विचार, सिद्धान्त, नीतिको विचलनमा पौडी खेलेको थियो । समयको ख्याल नगर्दा मोहन वैद्य वक्तव्यमा थन्किए । डा. बाबुराम भट्टराई, क्षेत्रीयवादी दलको रुपमा स्थापित महन्त ठाकुर, उपेन्द्र यादवसँग जोडिएर दिन बिताउँदैछन् ।
नेताहरुले चुनावी घोषणापत्रको ख्याल गरेनन् । कार्यकर्तामा निराशा छायो । स्थानीय तहमा ६० प्रतिशत नेकपाले शासन गर्छ तर कोरोना पीडित जनताको चुल्हो निभ्यो, रोगीले औषधि खान पाएनन् प्रधानमन्त्री केपी ओली कोही जनता भोकै मर्नुै पर्दैन भन्थे । उनको सत्ताकालको २ वर्ष ६ महिनामै देशका मजदुरहरु आफूले काम गरेको उद्योग बन्द हुँदा नत काम गरेको पारिश्रमिक पाए । सरकार दर्शक भयो । भोको पेटका गरिब तथा मजदुरहरुको पार्टीका सामन्तवादी नेताहरुको प्रवृत्तिले कम्युनिष्ट पार्टीको सिद्धान्त नीति, ध्वस्त बनाइदियो । सिंहदरबारले आफ्नो राजनीतिक हैकम चलाउन भोको पेट, गरिबी र श्रमले घायल भएको जनतालाई राजनीतिक दाउपेचमै केन्द्रीत रह्यो । नैतिक रुपमा पतन भएको पार्टीको भविष्य हुँदैन भन्ने छर्लङ्ग छ । सामूहिकता भन्दा गुटको खेतीका लागि डटेका प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वार्थले नसके पनि सानो कोटरीको भरमा सत्ता चलाएका छन् । पार्टीको अर्थ नभएको अहिलेको समयमा नेकपा नेतृत्व बदनाम हुनु सरकार असफल हुनु समयको खेल बन्दैछ ।

ताजाखबर साप्ताहिकबाट


सम्बन्धित समाचार