Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खड्काले जिल्ला सभापतिको भेला बोलाए

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् ।

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारीमा रहेका खड्काले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् ।

उनीनिकट स्रोतले जिल्ला सभापतिहरूको भेला १९ चैतमा गरिने तय भएको  जानकारी दिए ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक पनि बेलाएका छन् ।

उक्त बैठक धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेदेखि सुरू हुनेछ । बैठक दुई दिनसम्म चल्ने तत्कालीन एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

ती नेताका अनुसार बैठकमा विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ ।

गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनमा कोशी प्रदेश सभापति उद्दव थापा, मधेश प्रदेश सभापति कृष्ण यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर सहभागी भएका थिएनन् ।

उनीहरू मध्ये थापा, यादव र बानियाँ प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल