Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
निरन्तरताको संघर्ष, गीतसंगीतको यात्रासंगै समस्त नेपाली मौलिक साँस्कृतिक झल्किने गीतसंगीत दर्शक श्रोताहरू माझ आफ्नो सुरिलो स्वर प्रस्तुती गरेर मन जित्न सफल सदाबहार गायिका मिना राईले हालै मह भन्दा गुलियो बोलको गीत भिडियो सहित सार्वजनिक गरेकी छन् । मिनाको ए. सोल्टिनी, के साह्रो राम्री चोलीमा, आफू त भैयो परदेशी, ए माया साटौला, पूर्व पाँचथर, मिठो बोलेर, माया पिरती, स्कूले जीवन, डिम्पल मायालु लगायतका गीत चर्चामा रहेका छन् । गीतसंगीतको क्षेत्रमा पृथक पहिचान बनाउन सफल गायिका राई देश विदेशमा हुने सांगीतिक कार्यक्रमहरूमा पनि व्यस्त रहने गरेकी छन् । केही दिन पहिलेमात्र कुवेतको सांगीगित भ्रमण सक्काएर नेपाल पर्केलगतै मह भन्दा गुलियो सिर्जना स्रोता समक्ष ल्याएकी हुन् । गीतसंगीतको क्षेत्रमा उनको योगदानको कदर स्वरूप बिभिन्न संघसंस्थाले अवार्ड तथा सम्मान प्रदान गरेको छ । गायनमा मात्र होइन संगीत सिर्जनामा समेत सकृय कुशल गायिका मिना राईसंग ताजाखबर साप्ताहिकको लागि गरेको कुराकानीः

० हालै मह भन्दा गुलियो सार्वजनिक गर्नु भएको छ कस्तो प्रतिक्रिया पाई रहनु भएको छ ?
एक साता भयो गीत बजारमा आएको । छोटै समयमा गीतले राम्रै भ्युउज र श्रोताहरूको माया पाईरहेको कारण सन्तुष्ट छु ।
० कहिले देखि गायनको क्षेत्रमा हुनुहुन्छ ?
बिद्यालय समय देखि नै यस क्षेत्रमा समर्पित छु ।
० पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको छ भन्छन् तपाईलाई के लाग्छ ?
सबैको सोच आआफ्नै हुन्छ कस्ले के भन्छ भन्दा पनि मैले के गरे भन्ने कुरा महत्वपुर्ण हो जस्तो लाग्छ मलाई ।
० संगीतको ब्यवसायिक स्थिति धरापमा परेको छ जस्तो लाग्दैन ?
ब्यवसाय अर्थात पैसामा किनबेच गर्ने कुरा होला तर कलामा ब्यापार हुदैन भन्ने कुरा हामीले भुल्न हुदैन ।
० युवा पुस्ताले नेपाली गीतसंगीत प्रति रुचि नदेखाउनुको कारण ?
पुरानो र नयाँमा सांगीतिक तालमेल र शब्द चयनमा पनि केही फरकपन देखिएकाले होला जस्तो लाग्छ ।
० गीतसंगीत भनेको मनोरञ्जनकै लागिमात्र हो कि समाजमा सन्देश पनि दिने खालको हुनुपर्छ ?
गीतसंगीत एक प्रकारले भन्ने हो भने हरेक ब्यक्तिको नशा, नशामा हुन्छ तब त मनोरञ्जर र सन्देशको कुरा उठ्छ । यतिमात्र होइन गीतसंगीतको माध्यमबाट सन्सारमा ठूला ठूला राजनैतिक परिवर्तन भएका छन् ।
० डिजिटल प्रविधिमा आएको परिवर्तनका कारण गायक, गायिकाले पहिलेको जस्तो मिहेनत गर्दैनन भन्छन् नि ?
यो सबै समय र प्रबिधिको उच्चतम् प्रयोगलाई मिहेनत नगरेको भन्न मिल्दैन ।
० कस्तो खालको गीतसंगीतले बजार तताउछ ?
गीतसंगीत भनेको साउनको भेल जस्तै हो । कति बेला कस्तो खाले गीतसंगीत दर्शक, श्रोताले रुचाउनु हुन्छ भन्न सक्ने स्थिति आईसकेको छैन ।
० अहिलेको युवा पुस्ताले मौलिकता भुल्दैछन् भन्छन् नि ?
मानव स्वभाव नै परिवर्तनशिल हुन्छ । मुर्चुङ्गा, विनायो, सारङ्गीमा रमाउने हामी अहिले गिटार र ड्रमसेटमा रमाउन थालेका छौ । शब्दमा पनि सकेसम्म छोटो र छिटो बनाउन थालेका छौ त्यसैले होला जस्तो लाग्छ ।
० नेपाली गीतसंगीतमा पहिलेको जस्तो स्रोता नहुनुको कारण ?
त्यसो होईन, दर्शक श्रोता नभएको भए अहिलेको समयमा हामी गीतसंगीतका कुनै कलाकार नै हुँदैनथ्यौं र भिड नदेखिनुमा प्रबिधिले गर्दा जस्तो लाग्छ ।
० गीतसंगीतमा लगानी बालुवामा पानी भन्छन् नि ?
गीतसंगीत भनेको मैले अघिपनि भनिसके सबैको नशा, नशामा बगिरहन्छ । झन कलाकारहरू त त्यो नशामा समाहित भएका हुन्छन् । सिर्जना राम्रो दर्शक, श्रोता रुचिको भए लगानी डुब्दैन ।
० गायन क्षेत्रबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
गायन क्षेत्र भनेको सिमसार क्षेत्रको मुल जस्तै हो यसलाई रोक्छु या छेक्छु भनेर पनि सकिने कुरा हैन । घर परिवारका कारण बीचमा केही समय गीतसंगीतबाट टाढा हुनु परेको भएपनि समग्र प्रस्तुतिको हिसाबले सन्तुष्ट छु ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल