Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध औषधी सहित पक्राउ

सुनसरी । हरिनगरा गाउँपालोला-२ भुटाहाबाट अवैध रुपमा भन्सार छलि लुकाइछिपाई ल्याउँदै गरेको विभिन्न औषधी सहित सोही गाउँपालिका-१ बस्ने २० वर्षीय भरत दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट vibal multivitamin ४ सय  पत्ता, Neulab Active ४ सय पत्ता, Ciprouis-Tz १० पत्ता, Gemsolin २९ पत्ता, Aceloflsm ८० पत्ता, Megamentin-625 १० पत्ता, Hevocetirizine tablet १ सय ५० पत्ता, Itroconozole capsule २० पत्ता, Dermikemoc ९३ पिस र Luligardcream १५ पिस फेला पारी प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी भुटाहा सुनसरीबाट खटिएको प्रहरीले को.१७ प ३६४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा दासलाई उक्त परिमाणको औषधी सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार