Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. शेखरको तुजुक पनि देखियो

काठमाडौं । अबको काँग्रेसले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई नाउ भजाउन जरुरी छैन । जुन काँग्रेसको सत्ता लम्पट र पद लोलुप पुस्तालाई आफैंले बनाएको विधानको हेक्का छैन । आफ्नै पहुँचमा विधान बनाउने कार्यान्वयन नगर्ने, निष्ठा र त्यागको राजनीति गरेको बताउने देउवाको लुटेरा समूह र विधि प्रक्रिया संगठनको औचित्यलाई अनुशरण नगर्ने डा. शेखर कोइरालाबीचमा कहाँ फरक भयो ? तिनै डा शेखर चुनाव लडेका हुन् । उनी आज मध्यपन्थी भएका छन् । सभापति गगन थापालाई अत्याउने डा. प्रकाशरण महत, विमलेन्द्र निधि, विजय गच्छदार पनि चुनाव लडेकै हुन् । भ्रष्टाचारीको रुपमा परिचित दिपक खड्का, मोहन बस्नेतले टिकट पाएनन् । गणेशमान पुत्र प्रकाशमानलाई पराजित बन्न रहर थियो । गगनले गरेको गल्ती त्यही हो । विशेष महाधिवेशन गर्ने कार्यकर्ताको हक विधानमा छ । तर प्रयोग गर्न नदिने पार्टी प्रजातान्त्रिक भन्ने त्यो काँग्रेसमा तीन अनुहारहरू कसरी अब जनताकाबीचमा जान्छन् ? अनधिकृत विज्ञप्ति जारी गर्ने कार्यवाहक सभापतिको हैसियत पूर्णबहादुरसँग छैन । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ भन्दैमा खड्का समूहको गुटीय भेलाले लास र दासको भ्रष्ट मोर्चाको प्रचार बाहेक के ग¥यो ? जहाँ हिजोका बदनाम मात्र छन् । डा. शेखर कोइरालाको आँट रहेनछ । उनी कार्यकर्ता प्रति लागेका थिए भने विशेष महाधिवेशनमा सहभागी भएर काँग्रेसलाई चुस्त बनाउन सक्रिय हुने थिए । ५६ प्रतिशत महाधिवेशन प्रतिनिधि, ४२ जिल्ला सभापति ४ प्रदेश समितिका सभापतिले साथ दिएको विशेष महाधिवशेनलाई अस्वीकार गर्नेहरूको पक्षमा लागेर शेखरले आफू परिचित हुन सक्थे । तर हिम्मत गरेनन् । कोइराला परिवारको लिगेसी तदर्थवाद थिएन । नत गणेशमान र कृष्णप्रसादले सोचेको निष्ठा र त्यागको आभाष त्यो थियो र हुन्थ्यो । काँग्रेस आफैंमा बदनाम छ । एमालेका अध्यक्ष केपी ओलीले त झन् काँग्रेसलाई खरानी बनाइदिए । ओली एमाले पनि जोगाएनन् । लोकतन्त्र र गणतन्त्रमाथि उनैले प्रहार गराएका कारण जनताले रास्वपा जस्तो सिद्धान्त, नीति, कार्यक्रम नभएको अमेरिकी डिजाइनको पार्टीलाई दुई तिहाई दिलाए । अब जे हुन्छ ठिक हुन्छ जे हुँदैछ ठिकै हुँदैछ भ्रष्टहरू जेल जानैपर्छ । पुराना खाइदेऊहरूमध्ये अहिलेको संवैधानिक संरचनामा बहुमत कसैले पाउन सक्दैन त्यो भन्नेहरूलाई समेत जनताले लोप्पा दिए । सरकार बनेको २४ घण्टामा जेनजी आन्दोलनका दमनकारी केपी ओली र रमेश लेखकलाई थन्क्याउने काम भयो, दिपक खड्का पनि छुटेनन् । कानुन सबैलाई बराबर लाग्छ । काँग्रेसको भष्मासुर समूह र एमालेको चमत्कारीक टोलीले भइरहेको बहुमतलाई रातारात ढालेर देश लुट्ने प्रमुख एजेन्डा बनाउँदा काँग्रेसका युवाहरूले प्रतिवाद गरे । तर सुनुवाई भएन । त्यही एमालेका परमेश्वर र काँग्रेसकी कुलायनले मनपरी गरेका थिए । त्यसैको फल पाकेको हो यो । आज उनीहरूलाई जनताले अस्वीकार गर्दा पनि आत्मग्लानी छैन । काम गरौं भने सकिन्छ तर आँट चाहिन्छ । डा. शेखरले पार्टीमा आँट गरेनन् । बरु पदभ्रष्ट, सत्ता लम्पट भ्रष्ट अनुहारहरूको साथमा पुगे । जबकि सरकारमा सबै युवाहरूले मौका पाएका छन् । देशका समस्या सयौं छन् । समृद्धि र विकासको फुई लगाउनेहरूलाई युवा पुस्ताले गतिलो जवाफ दिन पाएको छ । जनताले खुच्चिङ भनेको छ ।