Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको प्रदेशस्तरी निर्वाचन समीक्षात्मक कार्यक्रमका लागि सभापति गगन थापा जनकपुर जाँदै छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा अपेक्षित नतिजा नआएको विषयमा समीक्षा गर्न कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरमा सभापति थापाको सहभागितामा कार्यक्रम गर्न लागेको हो। फागुन २१ को निर्वाचनमा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा।अमरेशकुमार सिंहसँग पराजित भएपछि थापा आज पहिलो पटक मधेस झर्न लागेका हुन्। कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रमपछि सभापति थापा सर्लाही ४ जाने कार्यक्रम छ। सबै प्रदेशमा हुने समीक्षा कार्यक्रममा क्षेत्रका उम्मेदवार, क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशका केन्द्रीय सदस्य, समानुपातिक तर्फका उम्मेदवारहरू, प्रदेशका पदाधिकारीहरूसँग सभापति थापा सहभागी हुने चौधरीले बताए। कांग्रेसले मधेस प्रदेशको जनकपुपछि यही चैत २७ गते पोखरा, चैत २९ गते बुटवल, वैशाख ३ गते सुर्खेत, वैशाख ५ गते धनगढी, वैशाख ७ गते हेटौंडा र वैशाख ९ गते विराटनगरमा चुनावी समीक्षा कार्यक्रम राखेको छ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल