Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्णबहादुर खड्काको चेतावनी: गगन पक्षलाई अवैध गतिविधि नगर्न आग्रह

काठमाडौं  । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशन र क्रियाशील सदस्यताको विषयमा भ्रम नफैलाउन आग्रह गर्दै कडा चेतावनी दिएका छन्।

देशको जटिल राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता मजबुत बनाउनुपर्ने बेलामा केही पक्षबाट पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेको भन्दै उनले विशेषगरी गगन पक्षलाई सचेत गराएका छन्।

केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा, विधानविपरीत ‘विशेष महाधिवेशन’ को नाममा भइरहेको गतिविधिलाई खड्काले अवैध बताएका छन्।

त्यस्तै, पहिले नै वितरण र नवीकरण भइसकेका क्रियाशील सदस्यता खारेज गरी पुनः नयाँ सदस्यता दिने प्रस्तावप्रति देउवा पक्षले असहमति जनाएको छ।

खड्काले भनेका छन् कि कुनै नेताको आवेगपूर्ण भाषणका आधारमा सदस्यता खारेज गर्न नमिल्ने स्पष्ट पार्दै यस्तो सदस्यता ऐतिहासिक योगदान र सहिद परिवारको सम्मानसँग जोडिएको बताएका छन्।

उनका अनुसार क्रियाशील सदस्यता पार्टीको निरन्तरता र पहिचानको आधार भएकाले विधानअनुसार बाहेक कसैले पनि सदस्यता खारेज गर्न सक्दैन।

देउवा पक्षले महाधिवेशनको कार्यतालिका अनुसार वितरण र नवीकरण गरिएका सदस्यता पुनः खारेज गर्ने प्रयासलाई पूर्वाग्रही र आपत्तिजनक भनेको छ।

खड्काले कांग्रेस कार्यकर्ताहरूलाई भ्रम र निराशाबाट टाढा रहन अपिल गरेका छन्।