Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राज्यतहले चलाएको तर काँग्रेस कार्यकर्ता भर्ति गरेर खग्रास पारेका ५२ संस्था बन्द गर्ने काँग्रेसले सत्तामा हुँदा रोजगारी बढाएन । देश लुटेर कम्बोडियामा ३२ अर्ब डलर, स्वीटजरल्यान्डमा ४२६ मिलियन डलर थुपार्ने नेपालका भ्रष्टहरूको सम्पत्ति फिर्ता ल्याउने रास्वपाको नारावाजी जनताले पत्याउन छाड्दा त्यो पार्टी राप्रपाकै हालतमा पुग्ने बाटो समाउँदैछ । किनकि त्यहाँ जनताको पीडामा चासो छैन । सरकारले काम जिम्मा लिएको ११ दिनमै विश्व बैङ्क र एशियाली विकास बैङ्कबाट २८ अर्ब सहुलियत ऋण लिएर एमाले, काँग्रेसकै चरित्र पछ्याइएको छ । देशमा राजनीतिक स्थायित्व थिएन । पुराना दल काँग्रेस, एमालेले देशका युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने पौरखीहरू ज्युदा जाग्दा छन् । तिनकै स्वर चर्को छ । जनताको तत्कालिन समस्यामा तीनले चासो दिँदैनन् । तर पनि जनताले तिनैलाई विश्वास गर्दै दोस्रो र तेस्रो दल बनाएका छन् । देशमा ऋण बढाउनु पौरख होइन । राष्ट्रको स्वाभिमान जोगाउनु ठूलो कुरा हो । जनसरोकारका कुरामा चासो तिनमा छैन । दलहरू देश र जनताका पक्षधर नहुँदा पुराना दललाई फागुन २१ ले थान्को लगाएर नयाँ शक्ति र युवाहरूको टिमलाई चुनेका छन् । तिनै टोलीबाट बनेको सरकार एडिबी र विश्व बैङ्कको ऋणमा रमाएको छ ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल