Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौैं । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई नागरिकलाई मनोवैज्ञानिक रुपमा साथ दिन पनि बोल्न आग्रह गरेकी छन्। बुधबार बमले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै संसद्मा नबोलेकोमा दुःख प्रकट गरेकी छन्। संसद्को पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौँ। चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि तपाईंले बोल्नुपर्थ्यो, बमले भनेकी छन्, यो परिवर्तनलाई स्वीकार्दै जनतालाई सम्बोधन गर्नु तपाईंको जिम्मेवारी थियो। तर तपाईंले संसद्मा नबोली अधिवेशन सक्नु भयो। आम नागरिकले प्रधानमन्त्री बोलेको सुन्न चाहेको उनले उल्लेख गरेकी छन्। बमले भनेकी छन्, हामी तपाईंको आवाज सुन्न चाहन्छौँ। कुरा कम, काम बढी, भन्ने व्यक्तिगत धारणा भए पनि संसद्मार्फत राष्ट्रलाई सम्बोधन गर्नु कर्तव्य भएको बमले जिकिर गरेकी छन्। जनतालाई आवश्यक परेको बेला साथ दिनुपर्ने उनको भनाइ छ। लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी स्वभाव वा शैलीभन्दा पनि लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासले राज्य शासन व्यवस्थालाई र जनतालाई सम्बोधन गरिनु पर्दछ, बमले भनेकी छन्, जनतालाई आफ्ना समस्याहरूको प्राविधिक समाधान मात्रै होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिने गर्दछ। उनले प्रधानमन्त्री शाहलाई सच्चिन आग्रह गरेकी छन्। जनतासँग संवाद गर्न र समसामियक विषयमा बोल्नुपर्नेमा सचेत गराएकी छन्। तपाईं सक्षम हुन सक्नुहुन्छ, सबल हुन सक्नुहुन्छ। तर यससँगै बिर्सनै नहुने कुरा, तपाईं एक व्यक्तिका हिसाबले सीमित पनि हुनुहुन्छ, उनले भनेकी छन्, पुरानाहरू जस्तै आफूलाई असीमित ठान्ने भूल नदोहोर्याउनु होला।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल