Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली कहरबाट पार्टीलाई मुक्त गर

नेपाली राजनीतिमा अनौठा चरित्रहरु देखा परेका छन् ।जनयुद्धको अभियान बाट आएका गृहमन्त्री रामबहादुर थापा आर्पुर्ति मन्त्री लेखराज भट्ट मात्र होइनन् अर्का नेता टोपबहादुर रायमाझी समेत प्रधानमन्त्री पक्षमा देखिएको चर्चा हुन थालेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि यो अभियानमा कम छैनन् । हिजो माधव नेपाल पक्षधरका रुपमा परिचित भएका घनस्याम भुसाल योगेश भट्टराई समेत पद र कुर्चीको निमीतm प्रधान मन्त्री के.पी वली र उनको मन्डली संग निकट रहेको समाचार आइ रहेका छन् । जनताले दिएको जनमतको कदर गदै पाटी एकता र सरकारका जनपक्षीय काम हरु समय अनुकुल सफल बनाउनु पर्ने अवस्थामा सताको दम्ब देखाएर ओली र उनको मन्डलीले चलाएको अस्त्रलाई स्यिंकार गर्नु समयको खेल होकी विधिविधान र प्रकृयाको दम्ब हो समयले देखाउने छ ।

पाटी भन्दा व्यक्ति ठुलो हुदैन अहिले पुर्व एमाले र माओवादी भनेर विवाद गर्नु अर्थ छैन ।यदि यस्तै विवाद र गुटको साहारा लिने हो भने ने.क.पा.को पनि एकता भएको मान्न सकिदैन । केपी वली को विचार सिद्धान्त र आर्दशलाई केलाउने हो भने उनले विगत देखि चलाउदै आएको गुट वन्दी को अंश अंश केलाउन सक्नु गर्दछ । सरकारको नियन्त्रणमा पाटी हुन सक्दैन ।निर्वाचनको समयमा पार्टीका एजेन्डालाई सबैले स्यिंकार गरेकै हुन त्यो बेला ओली र प्रचन्डको जोडी मिलेको थियो भने अहिले विग्रनुको कारण के थियो गुटलाई महत्व दिनु थियो । प्रचन्ड र केपी दुवैले राम्रा भन्दा हाम्रा बाहेक निस्वार्थ भावनाले कुनै निणर्य गरेको देखिदैन ।

ओली को दुई वर्ष कार्याकालमा भएका राजनिति नियुक्तिहरू उनीहरुका आफन्त र गुटका बाहेक अरुले फेला पारेका छैनन् । हिजो माधब नेपाललाई कुनै महत्व नदिएर जे गरीयो त्यसको फल अहिले एकले अर्को प्रति विश्वास गर्ने आधार समेत राखेन । ओलीका बारेमा नेपाली राजनिती बुझेको सामान्य नागरिकले समेत गर्ने टीप्पणी भनेकै उनी अहम्कारी दम्ब बाट हुर्केका भन्ने बुभ्दछन् । त्यसकारण पनि अहिले कोरोना विरुद्ध राष्टिय अभियान चलाउनु पर्ने समयमा वली लाई दल विभाजनको अत्यादेश ल्याउने वाध्यता कसरी आयो ।

गल्ती आफु गर्ने अन्य नेताहरुलाई धम्की दिने ओली उनको समुहको योग्यता बनेको छ । कुनै पनि पाटी आफ्ना सिद्धान्त र आर्दशमा चल्ल सकेन भने त्यो पाटीको भविष्य रहदैन । जनताले झन्डै दुई तिहाई बहुमत दिएको ने.क.पा. को नेतृव्वको चाल यही हो ।सरकार बनेको दुई वर्ष दुई महिना चौध दिनका दिन सम्म आइपुग्दा प्रधानमन्त्री को तहबाट भएका गल्ती दर्जनौ पुगी सक्यो अझ पाटीमा एकता भन्दा गुट बन्धीको पौरखी स्वरहरुले स्थान पाएका छन् ।जनताले यो पचाएका छैनन् । स्थायी समीतीको बैठक बस्नु पर्ने समयमा आन्तरिक दोन्दमा नेताहरु फसेर देशलाई कता लैजान खोजेका हुन् । बालुवाटारमा आयोजित सचिवालय बैठकले त्यसको निष्कर्ष दिलाउनु पर्दछ ।

क्षमता र योग्यतालाई कदर गरिएको भए यो लडाई हुने थिएन सता अन्धो हुन्छ भन्ने कुरा ओलीको व्यहोहारले देखाएको अवस्थामा माधब नेपाल बामदेव गौतम र झलनाथ खनालको विवेकमा एकीकृत पाटी को भविष्य निर्धारण गर्ने भएकाले स्थितीको गम्भिरतालाई ख्याल गर्नु जरुरी छ । कुकुरले मान्छे टोक्छ तर मान्छेले वसलाई टोक्न मिल्दैन मुर्ख सबै हुदैनन् । अहिलेको विवाद भनेकै मुर्ख र अहंकारीताको परिणाम हो । देवत्वकरण गरेर वालुवाटार र सिंहदरबारमा लुट मच्चाउने हरुलाई समेत नेतृत्वले खवरदारी गर्न नसकेको परिणाम अहिले देखिदैछ । ओलीलाई सबैतिरबाट उचाल्नेहरुले देश परिस्थिती पाटी कार्यकर्ता र जनताको मर्म र भावनालाई कदर गर्न नसक्दाको कारण कोरोना कहर भन्दा ओली कहरले मुलुक रगमगीदैछ ।यो बेला नेत्तृव्वले दम्ब होइन आवस्यकता र विवेक प्रयोग गर्न जरुरी छ ।


सम्बन्धित समाचार