Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज रास्वपाको सचिवालय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज सचिवालय बैठक आह्वान गरेको छ । सभापति रवि लामिछानेले दिउँसो साढे ३ बजे केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएका हुन् । बैठकमा पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित विभिन्न एजेण्डामाथि छलफल हुने बताइएको छ । प्रस्तावित कार्यसूचीअनुसार जिल्ला अधिवेशन कार्यविधि–२०८३, बैंक खाता सञ्चालन सम्बन्धी विषय, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनलगायतका विषय समेटिएका छन् । त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषय पनि बैठकको महत्वपूर्ण एजेण्डामा राखिएको छ । पार्टीले विज्ञहरू तथा परियोजना प्रस्तावका लागि आह्वान गर्ने विषयसमेत छलफलमा समावेश गरिएको छ । बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी निर्धारण, केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी सम्बन्धी विषयमा पनि निर्णय हुने जनाइएको छ ।