Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेनवाद जागेको बेला

गरे हुन्छ, आँटे सकिन्छ । रैथानेहरूले भ्रष्टाचार बढाए, आफू मोटाए, देश टाट पारेकै हुन् । ०४८ सालका चप्पल कान्छाहरूले राजनीति गरे जागिरे थिएनन् । समाज सेवालाई कमाईको थलो बनाए, बित्ता बित्ता, हात हात भ्रष्टाचारको जालो लगाए, मान्छेको जन्म भयो पैसा, मृत्यु भयो पैसा तिर्नु पर्ने व्यवस्था बसाले । नेपाल नै हो मान्छेको जन्म र मृत्युमा पनि राज्यलाई कर तिर्ने पर्ने नियम । अर्थमन्त्रीहरू बढी पढेलेखका हुँदा यस्तो व्यवस्था स्थापित भयो । आजको अर्थमन्त्री झन् धेरै पढेका, धन दौलतले भरिपूर्ण छन् । यी पनि एडिबी र विश्व बैङ्कबाट नेता सधैं धनी, जनता गरिबी र अभावमा ग्रस्त बन्नु पर्ने शिक्षा प्राप्त विद्यार्थी हुन् । अहंकार र दम्ब भएका एमालेका उनै थिए । रास्वपाका बालेन शाह थपिएका छन् । यिनले प्रेदशका मुख्यमन्त्री, संघीय संसदका समानुपातिक सांसदको राय सल्ला लिएछन् । रैथाने भ्रष्टहरूले काम नगरे पनि जनता छक्काउनेगरी तयर पारेका लिखित एजेन्डा समटेर तयारीमा राखेका घोषणाहरूलाई सामूहिक बनाएर संयुक्त सदनमा राष्ट्रपतिलाई बाचन गराउन लागेछन् ।
उच्चपदस्थ राजनीतिक क्षेत्र र ब्यूरोक्रेसीको ब्रम्हलुट छानविन गर्नु पर्ने आवाज उठ्छ । तर राजनीति गरेर राजधानी लगायत शहरी क्षेत्रमा जोडिएका धन सम्पत्ति जोडेकाहरू नांगै हुन्छन् कि हल्ला मात्र हो । आजै शंकाको निरकण हुँदैन । बारम्बार पदमा रहेकाहरूले सम्पत्ति लुकाएकै छन् । राजनीतिमा निष्ठा र त्याग हराएपछि अपराध गरिँदो रहेछ । मान्छे मार्नु, कुटपित गर्नु मात्र अपराध होइन, नेताले गर्ने व्यवहार पक्षपातपूर्ण व्यवहार पनि अपराध नै हो । दलीय चरित्रलाई तह लगाउने गरी देखिएको दम्ब दूई तिहाई शक्तिलाइ कसरी परिचालन गरियो त्यो सबै देखियो । वर्तमान सरकार जनमुखी कर्ममा लागोस् भन्ने अपेक्षा गर्न सकिन्छ । तर पार्टीको सुझाव र सल्लाह नहसुन्ने सभापतिलाई नगन्ने बालेन वादले देश कता लैजान्छ प्रतिक्षा गर्नैपर्छ ।