Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मिल्दै गएको संरचना आफैं धामी, आफैं बोक्सी चरित्र प्रदर्शन गर्दै पार्टीका समान हैसियतका नेताहरूको मर्यादा नराख्ने र जसको गणतन्त्रका लागि १० वर्ष हतियार उठायो त्यसैलाई नेता मान्न नसक्ने ध्वाश दिने भ्रष्ट शिरोमणिहरूलाई छटपटी बढाउन फेरि नेकपा एमाले र माओवादीकाबीच पार्टी एकताको चर्चा छ । त्यसको चर्चा एमालेमा विष्णु पौडेल, माओवादीमा वर्षमान पुनहरूले चलाएका छन् । यी दुवै अर्थमन्त्री बनेर देशको ढुकुटी खेलाएका हुन् । २०५२ सम्मक सुकुम्बासी विष्णु पौडेल ललिता निवास जग्गा प्रकरणका नाइके हुन् । उनी अर्वपतिमा गनिन्छन् । वर्षमानले सन्तोष नारायण श्रेष्ठको नाउँका भष्मासुरलाई धितोपत्र बोर्डमा नियुक्ति गर्ने र रु ९ करोड कुम्ल्याउने ओलीको योजना नमाने बापत सत्ताच्यूत गरिएका राजधानीमा घर नभएका माओवादी हुन् । सत्ता पाउँदा कम्युनिष्ट पार्टीको इज्जतको ख्याल नगर्ने एकीकृत पार्टीको एक्लो तानाशाह बन्न लाज नमान्ने ओलीको इच्छा पूरा गर्न प्रचण्ड जस्ता अस्थिर र मौकामा चौका हान्न सक्ने नेकपाका संयोजक किन चम्कँदैछन् ? जबकि उनले पार्टी ठूलो बनाउने नाममा भेला गरेका कुडा कर्कटको अस्तित्व चुनावमा देखिएन । एमालेसँग टुक्रिएर ३ वर्षसम्म जनताको बहुदलीय जनवादकै गित गाइरहेका माधवकै अवस्था कठै रहेछ भने एकता गर्दा वामदेवका जनशक्ति कति लाभदायक भयो ? समिक्षा गर्ने समय मिले पनि वास्ता गरिएको छैन । ओलीकै षड्यन्त्रले नेकपा विभाजित भएको हो । लुट्ने बानी परेका ईश्वर पोखरेलहरू नेकपा विभाजनमा सक्रिय थिए । शंकर पोखरेल, खगराज अधिकारी झन् चर्का थिए । यस पटक पोखरेलको जमानत समेत बचेन । जनताले राम्रै सजायँ दिए । कुनै पनि दलको एकता विचार, सिद्धान्त र कार्यक्रमा आधारित हुन्छ । एमालेसँग नेकपाको सबै कुरा मिल्ने भनेको भ्रष्टाचार हो । ओली र प्रचण्डका दाश र हनुमानहरूको लागि कमाई गर्ने दलाल र कमिशनका आधारमा विचौलिया परिचालन गर्नेमा मिल्छ । तर जनताको सेवालाई चासो छैन । माओवादीले काँग्रेसको भाइरुपी एमालेलाई वर्गीय मित्र ठाने पनि एमालेका ओली पथले स्वीकारेको छैन । आफू बाहेक अरु नेतालाई अध्यक्ष पद दिन नचाहने केपी ओली र प्रचण्ड एक सिक्काका दुई पाटा हुन् । ओली भाटभटेनीमा प्रचण्डको लगानी छ भन्थे, आफू भने त्यही भाटभटेनीको सहयोगमा जग्गा दान लिने र पार्टी भवन बनाउन सम्झौता गरेका थिए । १३ अर्ब राजश्वको विवाद मिनबहादुरको छ । ललिता निवास प्रकरणमा उनै जोडिएका छन् । तर ओली त्यो चोख्याउने प्रयास गरे तर राज्यको कर तिर भन्न सकेनन् । प्रचण्डले एनसेललाई १९ अर्ब कर तिर्न बदाव दिए तर ओलीले १३ अर्ब तिर्न भनेर ६ अर्ब कम्बोडियाको टेलिकममा लगानी गरेको प्रचार भयो खण्डन भएन ।
माफिया र विचौलियाको सेवक बन्दा पार्टीको हित र तत्कालिन स्थितिको ख्याल गर्ने केपी ओली आज सहारा खोज्दैछन् । जसलाई भाद्र २३ र २४ को विध्वंश र हत्याको मुल दोषी बनाइएको छ । त्यो बेला प्रम ओली देशको प्रधानमन्त्री भएको संसारलाई थाहा छ । हठवादका नायक ओलीको इज्जत जोगाउनु पर्ने चिन्ता प्रचण्डलाई छ । पार्टीमा ओलीको विकल्प खोजिँदैछ । प्रचण्ड त्यही बदनाम ओलीकोृ सहारा लिँदैछन् । जबकि नौथरि टालाटुली बटुलेर खडा भएको नेकपा एकता महाधिवेशनको तयारी गरिँदैछ । एमाले पार्टी एकता पक्षधरभन्दा विरोधी धेरै छन् । ओलीकै पछि लागेकाहरू नै यो धन्दामा छन् । विद्या भण्डारीलाई अगाडि सारेर नेतृत्व दिलाउने र डाडू पन्यु हातमा लिने दाउमा रहेका भ्रष्टहरू भने एकता नहोस् भन्छन् । यस्तो भद्रगोल स्वार्थमा अरु वापमन्थी एकता हुने हो भने एमालेले कार्यकर्ताको तल्लो तहसम्म बहस चलाए हुन्छ । हेप्ने र सत्ता कब्जालाई मात्र ध्यान दिएर हुँदैन । माओवादीलाई हेपेर विगतको जस्ता एकताको अर्थ छैन ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल