Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारले नैतिक आधार गुमायो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बुधबार बसेको केन्द्रीय समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक तथा नैतिक आधार गुमाएको निष्कर्ष निकालेको छ । बैठकले कांग्रेसले कोरोनाको जोखिमका बेला समेत मेडिकल सामाग्री खरिदमा भ्रष्टाचार गरिनु दुर्भाग्यपूर्ण भएको निष्कर्ष निकालेको छ । यसैगरी सरकारले संविधानको मुलभुत भावनालाई समेत भत्काउने काममा लागेको भन्दै राजनीतिक दल विभाजनमा सरकार आफै लागेको समेत आरोप लगाएको छ ।
केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, पछिल्लो समयमा विवादास्पद दुई वटा अध्यादेश जारी गर्नु, राजनैतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भइ सांसदलाई अपहरण गर्ने जस्तो कुकृत्य गर्नु र त्यस्ता कार्यको छानविन अनुसन्धान गर्न माग गर्दा जाहेरीसम्म दर्ता गर्न इन्कार गर्नु सरकारको वदनियत पुष्टि गर्ने घटना हुन् ।
कांग्रेसले सरकारको संलग्नतामा जनता समाजवादीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण घटना घटाएको भन्दै संलग्नलाई कारबाही गर्न समेत माग गर्ने निर्णय गरेको छ । प्रतिपक्षी दल कांग्रेसले सांसदलाई दिइँदै आएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सांसद विकास कोषका रुपमा विनियोजन गरिंदै आएको नीति खारेज गरेर कोरोना विरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न बैठकले सरकारसँग माग गरेको छ । विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुलाई स्वदेशमा ल्याउने व्यवस्था मिलाउन आग्रह गर्दै कांग्रेसले बजेट र सरकारको लोकतान्त्रिक मूल्य र मान्यता विरोधी प्रवृत्तिका सम्बन्धमा संसदमा गम्भीर छलफल हुनु जरुरी रहेकाले तत्काल संसद बैठक आह्वान गर्न माग समेत गरेको छ ।


सम्बन्धित समाचार