Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । लभ परेर विवाह गरेका तर ससुराली पक्षले काठमाडौंको मेयर भएपछि मात्रै छोरीसँगको सम्बन्ध स्वीकार गरेका ¥यापर प्रधानमन्त्री बालेन शाहको १९८ तोला सुन र त्यही अनुसारको चाँदीसँगै नगद देखिएपछि रास्वपा २ कित्तामा गयो । रवि लामिछाने आफैं पनि विवादित थिए । तिनको हालत बालेनको इन्ट्री थिएन भने एमाले काँग्रेस, माओवादी सरह नै हुन्थ्यो । बालेन र कुलमान दुवै प्रमका दाबेदार हुँदा कुरा मिलेन । गुरुङको छोरा सुधनले मिलाए तर पदकै कारण कुलमान त्यहाँ टिकेनन् । केपी ओलीको दवदबाका बेला यी दुई पीडित थिए । कुलमान जनजाति, बालेन मधेशी छोरा । आखिर बालेन सरकारका बादी समुदायकी मन्त्रीकै सुनको कथाले धेरै अचम्मित परे । खोलामा गिटी कुटेर आफ्नो परिश्रम बिक्री गर्न टेक्टर चलाकसँग खुसामत गर्नु पर्ने बाध्यताकी चेलीको सम्पत्तिमा अरु गणना लायक भएन । सुनको परिणाम चर्चमा भयो । यो सरकारमा सबै धनी छन् यिनको काँग्रेस, एमालेका चप्पल कान्छाहरूको जस्तो हावी भएन । जनयुद्ध लडेका माओवादीहरू शान्ति प्रक्रियामा आउँदा सुटेट बुटेट नै थिए । बैङ्कबाट लुटिएको धनले यिनलाई शहरका खान्दानी नै बनाएको थियो । अबको सम्पत्ति सुद्धिकरण वर्तमान सत्ता सिनहरूतर्फ सोझिनुपर्छ । किनकि जुद्ध समशेरकी नातिनी डा. आरजुले प्रहरीको तल्लो तहदेखि राजदूत नियुक्ति र प्रहरी आईजीपी बनाउँदा लिने थैली सामान्य ठहरियो ।
बैङ्कमा नगद, सुन, नाफामुलक कम्पनीहरूको शेयर कारोबारले बालेन सरकारको छायाँ देखियो । जनताको जीवन धान्ने उपाय यसलाई पनि चासो छैन । किनकि बजारमा कुन चीजको मूल्य कति छ प्रधानमन्त्रीले बुझेका छैनन् । बरु पाटी पो रास्वपा ५ वर्षसम्म टिक्छन् टिक्दैनन् शंका छ । किनकि बालेन रास्वपाका कुनै बैठकमा जाँदैनन् । वरिष्ठ नेता बनाए प्रम पद दिनै पथ्र्योे रविले दिएकै हुन् । किनकि सहकारी काण्डमा जेलिएको, नागरकता र पासपोर्ट किर्ते बनाउन सिपालु रविको मुद्दा अदालतमै छ । अझ धेरै सताउन सम्पत्ति शुद्धिकरण लगाइयो । केपी ओलीको जालझेल गगन थापाको खाली कागजी प्रमाण पनि त्यो बेला प्रयोग भयो । रवि र बालेन एकजुट एक ज्यान हुँदा हिजो केपी ओली झैं कुनै कानुनले नछुने अवस्था छ । प्रम बालेन प्यानलका गृहमन्त्री सुधन गुरुङको हदबन्दी भन्दा बढीको जमिन सानै उमेरमा जोडिएको धनकै चर्चा बढी छ । शिक्षामन्त्रीको पिताले राष्ट्रबैङ्कमा रहँदा एमालेको नाउमा लुट्नसम्म लुटेका थिए । भरपर्दो नहुँदा सरकारका काम पनि त्यस्तै छन् । जनता महंगीले पीडित छ । सरकार बेपत्ता छ । आफू कानुनी हदबन्दी भन्दा माथि जमिन देखाउने शेयर सार्वजनिक गर्ने केपी ओलीको नीतिगत लुटमा छानविन कसरी हुन्छ ? राष्ट्र लुट्ने नेता धनी हुँदैन । पैसा खाने बाटो भनेकै ठेक्का पट्टा, कर्मचारी सरुवा र बढुवा हो । कर्मचारीले आफ्नै संगठनको अस्तित्व बचाउने हुन् । सरकारले त्यो विषय दलगत रूपमा देखायो । प्रधानमन्त्री केटाकेटी नै छन् । बालेनलाई राजनीतिक परिवेश नपच्न सक्छ । तर त्रिविभित्रका विद्यार्थी र प्रोफेसरले संस्थागत मर्यादा बचाउने कि दलहरूका निकट भातृ संगनहरूको साइनबोर्ड हटाएर लडाइँ चर्काउने ? शिक्षा गतिविधि भत्काउन र बिगार्न भएन स्थायी प्राध्यापकहरू काम ठग्ने करार र समय तोकुवा शिक्षकमाथि शोषण गर्नु भएन ।
कालो बजार बढेको छ । मन्त्रीहरूले नै सम्पत्ति कर तिरेका छैनन् भने प्रधानम्त्रीले सुशासनको नारा लाउँदैछन् । अरुलार्ई नराम्रो देख्नेले आफू प्रत्येक ठाउँमा सफल र असल हुनुपर्छ । राजनीतिमा हात हालेपछि त्यही राजनीति स्वार्थले थुपारेको फोहोर हटाउन आफू फोहोरी बन्नु भएन । दलको तर्फबाट प्रधानमन्त्री बन्ने तर दलका गतिविधिमा सहभागी नहुने लुच्चो कुरा हो ।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल