Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुशीला कार्कीले गरेको नियुक्ति पनि हुने भयो खारेज

काठमाडौँ । सुशीला कार्कीले आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय प्रकृति संरक्षण कोषमा आदर्शकुमार श्रेष्ठलाई अध्यक्ष नियुक्ति गरेकी थिइन् । नयाँ सरकार बन्नुअघि प्रमुख स्वकीय सचिवलाई कोषमा नियुक्ति दिलाएको भन्दै कार्की आलोचित समेत भएकी थिइन् । तर, उनै आदर्श कुमार श्रेष्ठको पद समेत राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशसँगै जाने भएको छ । सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ मा राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ५ बमोजिमका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूपदमुक्त हुने उल्लेख छ । ‘राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ५ बमोजिम नै आदर्शको समेत नियुक्ति भएको थियो ।