Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सहारा
राष्ट्रपतिलाई बजेट अधिवेशन आह्वान गर्न लगाएर २४ घण्टा नबित्दै पुनmः स्थगित गरी अध्यादेशको सहारा लिएको दुई तिहाईले काँग्रेस र एमालेकै बाटो समात्यो । राजनीतिमा आलोकाँचो प्रवृत्तिले अस्थिरता नियन्त्रण गर्न सक्दैन भन्ने कुरा त सरकारका निर्णयहरूले बारम्बार खोतल्दै प्वाल टाल्दै आएका छन् । यस पटक पनि त्यस्तै भएको छ । शितकालिन अधिवेशन ९ दिन चल्यो । राष्ट्रपतिले सम्बोधन गरेपछि बन्द भयो । प्रधानमन्त्री संसदमा देखिए तर बोलेनन् । यतिबेला बजेट अधिवेशन शुरु हुनु पथ्र्यो । किनकि जेठ १५ मा बजेट ल्याउन सरकारका नीति तथा कार्यक्रम आउनु पथ्र्यो तर यो सरकारले भित्रभित्र बजेट बनाएको छ । देशको राष्ट्रिय नीति कस्तो आउँछ निश्चित छैन । सरकारले आह्वान गरेको संसद बैठक स्थगित गरेर अव्यवस्थित बसोबासीतर्फ केन्द्रीत भयो । सरकार कहाँ कसरी फस्दैछ विपक्षीले चासो दिएको छ । आज विपक्षी बलियो छैन । त्यही कारण दुई तिहाई चम्कँदैछ । जसको स्वच्छता, पारदर्शीता भन्दै २ मन्त्री हटाइसक्यो । दुई सांसद आलोचित छन् । वर्षाद् शुरु भयो, मौसमी प्रतिकुलताको ख्याल नगरी दौडन खोज्दा गन्तव्यमा पुगिँदैन । ठूला हामी अरु हाम्रा पछि भन्दै घमण्ड देखाउने केपी ओली आफ्नै कारण समाप्त भएका छन् । उनले एमालेलाई तहस नहस बनाइसके । कामको क्षेत्र विभाजन त्यहाँ छैन । केन्द्रीय समिति कता छ केबल सचिवालयको नाममा बैठक बस्यो भनिन्छ । कार्यकर्ताको भावनाको कदर गर्ने कम्युनिष्ट भएनन् । सत्ता स्वार्थ कम्युनिष्टको प्रमुख चिन्ता भयो । कुर्सी र पदका लागि जहाँ जो सँग पनि गठबन्धन गर्ने प्रतिस्पर्धा नै माओवादी एमालेको लक्ष्य बन्यो । माओवादीप्रति ओली नितान्त पूर्वाग्रही भए । आफ्नो एजेन्डा स्वीकार नगर्ने माथि उस्तै परे ज्यानै लिनेसम्मका व्यवहार ओलीबाट देखाइन्छ । पार्टीमा पनि उनले फर गुटमाथि गर्ने व्यहवार त्यस्तै छ ।
पुरानाको पौरख चिर्दा नयाँको अनुभव र विज्ञता जाँचिन्छ । जनताले त्यो बुझ्छ, हामी जान्ने राम्रा छान्ने भनिएकाहरू गोडिएका छैनन् भन्ने कुरा त सम्पत्ति प्रदर्शन, करमा नजोडिएको विषय नै छर्लङ्ग छ । काम देखाउने नाममा जसरी निर्णय गरिएका छन् ती विवादरहित छैनन् । सुकुम्बासी वस्तीको हुकुमवासी रजगज उदांगो भयो । सरकारको सम्पत्तिमा नेताको रजाई हुने थिएन भने जनताको अराजकता प्रदर्शन हुँदैनथ्यो । आज सरकारको क्षमतालाई नजरअन्दाज लगाउन सक्दैनन् भनेर मात्नु हुँदैन । देखियो त हिजोको दुई तिहाईको पौरख । आखिर सरकारकै रूपमा छ । दुई तिहाई हिजो पनि थियो । हिजोको दुई तिहाई र आजको दुई तिहाईमा फरक छ । नयाँ हामी जान्ने र जान्नेलाई छान्ने हौवा चम्काइएको पनि छ तर टिकाउ कति हुन्छ ?
एमालेमा रहँदा ओलीका इच्छा पूरा गर्ने रहर मेटाउन काँध थाप्ने वामदेव गौतमलाई चुनावमै अन्तरघात गरेर ओलीलेआफूसँग पार्टीमा प्रतिस्पर्धा गर्न नसक्ने बनाए । पार्टीमा अरुलाई त ह्याकुलाले पेलिन्छ भनेर नै देखियो । माधव, झलनाथ खेदिनु र वामदेव देखिनुमा फरक थियो । आज अध्यक्षमा प्रतिस्पर्धी ईश्वर पोखरेल ओली कित्ताबाट कसरी देखिँदै छन्, त्यो ११औं महाधिवेशन स्थलकै सपथ ग्रहण थियो । अरुमाथि दमन गर्दा आफू पनि डाभिन्छ भन्ने ख्याल तीनमा भएन । त्यसकै परिणाम झापा वासीले चखाइदिएका हुन् । तर पनि ओली भर्सेस नेकपा एमाले असफल नेतृत्वको फेरबदलमा लाग्न खोज्दा झापड खोन धेरै छन् । एमाले र काँग्रेस जस्तै माओवादी हुँदै होइन । तर जनतालाई प्रचण्डको सत्ता मोह कहिले काँग्रेस, कहिले एमालेसँगको गठबन्धन मन परेन । काँग्रेससँग जोड्न बाध्य पार्ने पनि ओली हुन् । त्यो बेला ओलीले पार्टीमा यस्तो संकट आउला सत्ताच्यूत भइएला आफैं जनताबाट अस्वीकृत हुन्छु भन्ने सोचेकै थिएनन् । ओली कालमा कुटनीति, राजनीति, प्रशासनको हालत के थियो । देशको शेयर बजार कसरी कब्जामा पारियो ? प्रशासन र फौजको हालत के भयो ? सबै खोतलिएकै छ । कस्तालाई राजदूत पद दिलाइएको थियो । सबै छर्लङ्ग भएको छ । तर आज अनुभवीहरूसँगको सम्बन्ध नराख्दा बालेन सरकारका नीतिगत निर्णय विवाद पर्दैछन् । संसद बैठककै आह्वान गर्दा सरकारले गर्नु पर्ने तयारी पुगेन । देशमा शासकहरूको स्वार्थ हेरेनन् भने जनताको काम हुन्छ । काँग्रेस, एमालेले खडा गरेको साम्राज्य यातायात, मालपाते, नापी, वैदेशिक रोजगारमा भत्केको छ ।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल