Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शक्तिका लागि संगठन चाहिन्छ, दलीयताको शक्ति कार्यकर्ता पंक्ति हुन्छ । तर काँग्रेसमा सधैं शक्तिको पछि लागेर आफ्नो अस्तित्व जोगाएका कृष्ण सिटौला यस पटक नांगिए । सिटौलाको टिमबाटै १३ औं महाविधेशनदेखि विद्यार्थी राजनीतिबाट पार्टीमा देखिएका संविधानसभा सदस्य बनेका गगन थापाको फड्को मार्ने क्रम १४औं महाधिवेशनमा उकालो लाग्दै गर्दा यथास्थितिवादी र चाकडीप्रथामाथि प्रहार गर्नेसम्म भयो । राजनीतिमा मैले ल्याएका प्रचण्ड सरकारमा स्वास्थ्यमन्त्री बनाइएको इतिहास कोट्याएर सिटौला औला गन्दै आफूलाई सुरक्षित गरेर राष्ट्रियसभा संसदीय दलको नेतासम्म भए । उनको पछि लागेर बागमती प्रदेश सरकारमा अर्थमन्त्री बनेका कुन्दनराज काफ्ले राज्यको बजेट वितरण गर्दा पार्टीकै सांसदसँग पैसा उठाउने लुटाहा भए । विवादमा मुख्यमन्त्री बहादुर सिंह लामाले हस्तक्षेप गर्नु प¥यो । सिटौला कम बोल्ने अरुलाई नचिढ्याउने नेता त भए तर कार्यकर्ताको भावनामा साथ नदिने सधैं शक्ति र सत्ताको सहारा लिँदा विशेष महाधिवेशनको विरुद्ध देउवा गुटकै अघिपछि लाग्दा पाएको पद पनि खोसिएको छ । विशेष महाधिवेशन अस्वीकार गर्नेहरू गगन थापाको हस्ताक्षर भएको उम्मेदवारी टिकट लिएर चुनावमा भिडे अहिलेको लहरले तिनीहरूको जमानत समेत कतिको बच्यो कति खस्किए समिक्षा हुँदैन । टिकट पाउनेले पाए, नपाएकाले पनि चुनाव प्रचारमा सक्रियता देखाएनन् । शेरबहादुर देउवा दम्पत्ति देशमै भएनन् । कृष्ण सिटौला एमाले अध्यक्षलाई आप्mनो भोट खासल्न दबाव दिनु नै उचित ठाने । गृहजिल्लाकै विश्वप्रकाश शर्मा महामन्त्री भए । पार्टीमा युवाहरूको बर्चश्व बढ्दै जाँदा समयमा महाधिवेशन नगर्ने वर्गीय संगठनहरूलाई टिके प्रथामा चलाउने पद्दति देउवाको २ कार्यकालमा चरम लापरबाही हुँदा पनि नबोल्ने नदेख्ने प्रकाशमान सिंह, पूर्णबहादुर खड्काहरूको समेत राजनीति समेत समाप्त भएको छ ।
पार्टीलाई लोकतान्त्रिकरण गर्नुपर्छ भन्ने तर नेतृत्व सधैं पद ओगटेर बस्ने गलत संस्कार काँग्रेसमा छ । यस पटक युवा नेतृत्वपलाई कार्यकर्ताले विश्वास गरेका हुन् । देउवा पक्षका प्रकाशमान, कृष्ण सिटौला, डा.प्रकाशशरण महत, विमलेन्द्र निधि, विजय गच्छदारमध्ये सिंहले टिकट पाएनन् सिटौला राष्ट्रियसभामै छन् । कार्यवाहक सभापतिको दावी गर्न नछाडेका पूर्णबहादुर खड्काको कार्यक्षमता सशक्त भएन । कोइराला परिवारका डा. शेखर कोइरालामा आँट भएन । दुईथरि मिलाउने भन्दै उनको समूह पनि कार्यकर्ताले पत्याएको अवस्था छैन । तर पनि महाधिवेशनको विरोध गरेर उम्कने अवस्था कुनै नेतामा छैन । १४औं महाधिवेशनपछि नेतृत्वले २१ विभागलाई ४२ बनायो । तर विभागहरूले संयोजक पाए पनि पूर्णता पाएनन् । पद पाएपनि सफल महामन्त्री बन्न नसकेका प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदारहरूको राजनीतिक सक्रियता घट्ने छ । पार्टीमा डा. शेखर कोइराला सर्व सम्वत हुन अब सक्ने अवस्था छैन । १५औं महाधिवेशकै तयारीमा संस्थापन जसरी लागेको छ, त्यसलाई साथ नदिनेकै निकट बन्न पुग्दा डा. शेखरको क्रेज घटेको हो । कोइराला विशेष महाधिवेशनमा सहभागी थिए भने सभापति सर्वसम्मवत हुन सक्थे । उनले ५४ प्रतिशत महाविधेशन प्रतिनिधिको साथ रहेको विशेष महाधिवेशन स्वीकार्न नसक्नु नै पार्टीको ठूलो कित्ताबाट टाढिनु हो । कोइराला पंक्तिबाट फुत्किएको काँग्रेस अब फेरि त्यो परिवारमा जाने अवस्था छैन । कृष्ण सिटौलाले स्व. गिरिजा र सुशीलबाट जति फाइदा लिए देउवासँग उस्तै फाइदा आफूले लिए पनि टिम टिकाउन नसक्नु आफ्नै असक्षमता हो भन्ने बुझ्नु सकेनन् । पार्टीले दिएको जिम्मेवारी पूरा गर्दा विश्वास नेतृत्वको भए पनि सधैं त्यो दीर्घायु हुँदैन । काँग्रेस सांसदको प्रमुख प्रतिपक्ष भएर जनताका जीविकामा चासो दिने पार्टी होइन । काँग्रेसले महंगी र भ्रष्टाचार विरुद्ध सडक संघर्ष गर्दैन । माफिया तन्त्र तस्कर र भ्रष्टाचारमा चुर्लुम्म डुबेको एमालेको ओली पथ र काँग्रेस एकै सिक्काका दुई पाटा बन्दा उत्पन्न राजनीतिक समस्याले देशमा युवा पुस्ताको जगजगी बढेको हो । सबैमा दलगत त्यो पुस्ता उदाउँदा गगन थापा, विश्वप्रकाश शर्माहरूले आँट गरे, सफल भए, रिस गरेर हुँदैन ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल