Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ — संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशनको पहिलो दिनमै सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय गरिएको छ।
संसद् सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पाैडेलले आज अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। संविधानको धारा ९५ अनुसार हुने उक्त कार्यक्रममा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिउँसो ३:४५ बजेसम्म उपस्थित हुन सूचित गरिएको छ।
यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक छुट्टाछुट्टै बस्नेछन्। प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी प्रस्तुत गरिने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी, प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि प्रस्तुत गरिनेछ। सरकारले जारी गरेका विभिन्न आठ वटा अध्यादेश पनि प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस गरिने संसद् सचिवालयले जनाएको छ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल