Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रहस्यमय रुपमा डुब्यो रुसी जहाज

एजेन्सी। उत्तर कोरियातर्फ जाँदै गरेको एक रुसी जहाज रहस्यमय परिस्थितिमा डुबेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । सीएनएनको रिपोर्टअनुसार, उक्त जहाजले पनडुब्बीमा प्रयोग हुने आणविक रिएक्टर वा त्यससँग सम्बन्धित संवेदनशील उपकरण बोकेको हुन सक्ने आशंका गरिएको छ । जहाज डुब्नुको वास्तविक कारण अझ स्पष्ट भएको छैन । तर, पश्चिमी सुरक्षा विश्लेषकहरूले यसलाई सामान्य समुद्री दुर्घटनाभन्दा गम्भीर रणनीतिक घटनाका रूपमा हेरिरहेका छन् । रिपोर्टअनुसार, जहाजको गन्तव्य उत्तर कोरिया हुन सक्ने र त्यसमा सैन्य प्रविधिसम्बन्धी सामाग्री रहेको आशंका गरिएको छ । पछिल्ला वर्षहरूमा मस्को र प्योङयाङबीच सैन्य तथा रणनीतिक सहकार्य बढ्दै गएको छ। अमेरिका र उसका सहयोगी देशहरूले उत्तर कोरियालाई संवेदनशील सैन्य प्रविधि हस्तान्तरण हुन सक्ने सम्भावनाप्रति बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन् । विश्लेषकहरूका अनुसार, यदि जहाजमा वास्तवमै पनडुब्बीका लागि प्रयोग हुने आणविक रिएक्टर थिए भने, त्यसले उत्तर कोरियाको नौसैनिक आणविक क्षमतामा ठूलो फड्को मार्न सहयोग गर्न सक्थ्यो । यसलाई संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्थाको सम्भावित उल्लंघनका रूपमा पनि हेरिएको छ । रुस र उत्तर कोरियाले जहाजको कार्गोबारे कुनै औपचारिक जानकारी दिएका छैनन्। सीएनएनका अनुसार, पश्चिमी गुप्तचर निकायहरूले घटनाबारे थप अनुसन्धान गरिरहेका छन् । यो घटना स्पेनको समुद्री तटबाट करिब ६० माइल पर रहस्यमय विस्फोटहरूको श्रृंखलापछि डुबेको सीएनएनको अनुसन्धानले देखाएको छ । सन् २०२४ डिसेम्बर २३ मा डुबेको ग्चकब ःबवयच जहाजको असाधारण घटनालाई त्यसयता गोप्य राखिएको छ । तर, सीएनएनको रिपोर्टअनुसार, यो घटना रुसले आफ्ना प्रमुख सहयोगी उत्तर कोरियालाई आणविक प्रविधिको उन्नत संस्करण पठाउन नदिन कुनै पश्चिमी सैन्य हस्तक्षेप भएको दुर्लभ र उच्च जोखिमपूर्ण कदम हुन सक्ने संकेत देखिएको छ । उत्तर कोरियाली नेता किम जोङ(उनले युक्रेन युद्धमा मस्कोलाई सहयोग गर्न सैनिक पठाएको करिब दुई महिनापछि उक्त जहाज यात्रा सुरु गरेको थियो । जहाजको अवशेष वरिपरि हालै देखिएको सैन्य गतिविधिले यसको कार्गो र गन्तव्यबारे थप रहस्य गहिरो बनाएको छ ।सार्वजनिक उडान तथ्यांकअनुसार, अमेरिकी आणविक “स्निफर” विमानहरूले पछिल्लो एक वर्षमा डुबेको जहाजमाथि दुई पटक उडान भरेका छन् । त्यस्तै, स्पेनी अनुसन्धानसँग परिचित एक स्रोतका अनुसार, जहाज डुबेको एक सातापछि त्यसको अवशेष नजिक पुगेको रुसी जासुसी जहाजमाथि थप चार वटा विस्फोट भएका थिए ।