Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद कृष्णकुमार कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे पार्टीभित्रै छानविनको माग उठेको छ । रास्वपाकै अर्की सांसद आशिका तामाङले गम्भरीर अनुसन्धानको माग गरेकी हुन् । सांसद तामाङले सामाजिक सञ्जालमार्फत यो प्रकरणमा पार्टीभन्दा माथि उठेर सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन् । आफ्नो फेसबुक स्ट्याटसमा उनले महिलाको अस्मिता र मातृत्वको संवेदनशीलतालाई जोड दिएकी छन् । तामाङले लेखेकी छन्, महिला चाहे त्यो स्वदेशी होस् कि विदेशी होस्, आखिर यो धर्तीको आमा हुन् । देखेका सबै कुरा सत्य नहुन पनि सक्छन् तर सत्य जसरी बाहिर छरपष्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ । आफ्नो दलका सांसदमाथि प्रश्न उठेपछि उनले स्पष्ट रूपमा भनेकी छन्, ‘पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो यो संसार हो । यहाँ कसैलाई अन्याय हुनुहुँदैन । यदि कसैले अन्याय गर्छ भने चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, हामीले गलतलाई गलत भन्न छोड्नु हुँदैन । पछिल्लो समय एक नाइजेरियन युवतीले सांसद कार्कीसँग आफ्नो सम्बन्ध रहेको र उनले आफूलाई गर्भवती बनाएर बेवास्ता गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो र प्रमाण सार्वजनिक भएका छन् । सोही प्रकरणलाई लिएर चौतर्फी आलोचना भइरहँदा रास्वपाभित्रैबाट सांसद तामाङको यस्तो प्रतिक्रिया आएको हो ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल