Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केयुकेएलबाट तिरेशको भूत हट्यो

काठमाडौं । केयुकेएलका पुराना कर्मचारी भए अर्थ र प्रशासनका पनि नेतृत्व लिन सक्ने अवस्था छँदाछँदै उनीहरूभन्दा एडिबीका दलालका रुपमा प्रवेश गराइएका अशोक पौडेल कार्यकारी निर्देशक भएको २ वर्षमा हटेका छन् । संस्थाको प्राविधिक टोलीलाईै बाइपास गर्दै आफ्नै टिम खडा गरी विक्रम आचार्य नामका कर्मचारी मार्फत् कर्मचारी संघ संगठनले संस्थागत सुधारका लागि राखेका मागहरू लत्याएर थेच्चर बनेका पौडेलको राजीनामा पछि केयुकेएलकै अर्थ समूहका वरिष्ठ अधिकृत प्रकाश राईलाई मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्म भन्दै जिम्मेवारी दिइएको छ । उनी उपनिर्देशक पदमा कार्यरत थिए । केयुकेएलमा बाहिरबाट प्राविधिक भिœयाउन जरुरी छैन । कर्मचारीले ४७ दिनसम्म पौडेलको असक्षमताका विरुद्ध आन्दोलन गरेपछि भएको सम्झौताअनुसार काम नगर्दा केयुकेएलमा आन्दोलन हुने अवस्था थियो । तर मन्त्रालयले पौडेलको नियुक्ति प्रक्रिया र कर्मचारीसँगको सम्बन्ध बुझेर राजीनामा गर्न निर्देशन दिएको कारण लज्जित हुँदै राजीनामा दिनु परेको हो । सरकारले केयुकेयलको संरचना बुझेको प्राविधिक खोज्दा संस्थाभित्र कार्यकारी बन्नेले एडिबीको ऋणमा चलेको मेलम्ची परियोजनाको सहयात्री आयोजना कार्यान्वयन निर्देशनालय भित्रको ठेक्का पट्टामा नजर लगाउने गर्दछन् । प्रोजेक्ट केयुकेएलको हस्तक्षेप निजामती कर्मचारीले गरेकै कारण प्रहरीको सिआईबी र अख्तियारले धाँधली गरिएका ठेक्काको फाइल कब्जामा लिएर छानविन गरेका छन् । आयोजना कार्यान्वयन निर्देशनालयलाई दुहुनो गाई बनाएर स्वार्थ पूरा गर्ने गिरोह आज पनि सक्रिय छ । त्यो गिरोहले कमाई गर्ने हो ऋण केयुकेएललाई बढाउने र प्रोजेक्टको समय बढाउने मात्र हो भन्ने कुरा बालेन सरकारले यथार्थ बुझ्न जरुरी छ । ५ ठाउँमा नयाँ आयोजनाको शुरु गर्न रु १२ अर्बको ठेक्का सगुन कन्स्ट्रक्सन र आशिष निर्माण सेवालाई दिलाउन पिआइडीका उपनिर्देशक विकेश बधानथाछे खरिद प्रबन्धक मधु तिमिल्सिना, इञ्जिनियर श्याम न्यौपानेको गिरोहसँग केयुकेएलका प्राविधिक विक्रम आचार्यको चलखेलको साक्षी अशोक पौडेल थिए । त्यो धन्दामा पिआईडीका पूर्व कार्यकारी निर्देशक पनि थिए । उनलाई हटाएर सरकारले टिका चौधरीलाई कार्यकारी बनाएको छ । चौधरीको पारा पनि भ्रष्ट पूर्व कार्यकारी लक्ष्मी उपाध्यायकै जस्तो छ । उपाध्यक्ष पिआईडीमा आउनुको कारण लुट्नु हो । अख्तियारमा बसेर आएका कारण पिआईडीको लुटमा कुनै कारबाही नहुने उनको दाबी थियो ।


सम्बन्धित समाचार