Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । १५औं महाविधेशन असोज १९–२१ तोकिएको छ । सिधै टिके प्रथामा संगठन चलाउने र भातृ संगठन ध्वस्त पार्न सफल भ्रष्ट समूह भने केन्द्रमा बराबरी भाग खोज्दै आफ्नो गुटका जिल्ला समितिहरूलाई संस्थापनले दिएको निर्देशन कार्यान्वयन नगर्न उचाल्दैछ । जो आफैं अवैध छ, उसकै चर्का कुरा सुन्दा लोक पनि हाँसेको छ । काँग्रेसको युवा पुस्ताका अगाडि बाबुको लिगेसीबाट ठाउँ खोज्ने प्रकाशमान, विमलेन्द्र सुजाता, डा. प्रकाश कोइरालाको मात्र होइन डा. शेखर कोइरालाको वंशवादको पनि अर्थ गुम्दैछ ।
शेरबहादुर देउवा आफू सज्जन होलान् । हिजो यिनले कोइराला परिवारसँग पद र प्रतिष्ठानको फाइदा लिएकै हुन् । मन्त्रीमण्डलमा उनका सिफारिशको मान्छे पनि छनोटमै परेका हुन् । तर पनि भ्रष्टै भ्रष्टको टोली लिएर देउवाले तत्काल विद्रोह गरेर कलश काँग्रेस बनाए । खुमबहादुर, चिरञ्जीवी, विजय गच्छदार, भूष्टाचारीमा डामिए । तर अन्तमा रामचन्द्र पौडेलले धोका दिए । पौडेललाई रिश स्व. गिरिजाले गोविन्दराज जोशीलाई सहमहामन्त्री बनाएकोमा थियो । उनैले जोशीका विरुद्ध शक्ति परिचालन गरेर भ्रष्टाचारको मुद्दा लगाएका हुन् । भ्रष्टाचारकै कुरा गर्दा जोशी भन्दा रामचन्द्र नौगुणा बढी भ्रष्ट छन् भन्ने कुरा कतै रोजगारी व्यापार नहुँदा छोराको बेलायतमा घर खरिद गर्नु नै काफी छ । बोहोरा टारको हवेली तनहुँको बाहुन पोखराको झिटी बेचेर बन्दैन । मौका पर्दा आफ्नैलाई पद दिलाउने पौडेल तम्सन्छन् । काँग्रेसमा भ्रष्टाचारमा लामो हात नगरेका नेताको खोजी गर्दा कृष्णप्रसाद भट्टराई, डा शेखर कोइराला, पूर्णबहादुरको नाउ पर्छ । डा. शेखर बीपी कोइराला अस्पताल धरानमा प्रमुख भए । एक कार्यकाल बिताए संविधानसभा सदस्य भए । माओवादीले सघाउँदा एक पटक सांसद निर्वाचित भए । तर मन्त्री भएनन् । ०५६ कृष्णप्रसाद भट्टराईको बेलामा पूर्णबहादुर खड्का एक पटक गृह र सञ्चारमन्त्री भए । तर डा. शशांक त आफ्नो कोटाका मन्त्री पद बेचेर दिपक खड्का जस्ता कपुतको संरक्षक भएकै हुन् । दाङका दिपक गिरी त कोइराला खानपिनका लगानीकर्ता हुन् । यस्तै समूह युवा पुस्ताको विरुद्ध खडा छ । जुन पुस्तालाई अहिलेको युवा पंक्तिले स्वीकार गर्दैन । तर सम्मानका नाउमा पार्टीका पदाधिकारी देख्न सक्दैन । किनकि त्यो पुस्तासँग जोडिएको युवा पुस्ता समेत आर्थिक विचलनमा बदनाम छ । बालकृष्णा खाँड, डा. प्रकाशशरण महत त त्यही टिममा छन् । गठबन्धन बदनाम बीचमा हुन्छ, काँग्रेसमा अब भागवण्डा चल्दैन, काँग्रेस दाश र हनुमानको पार्टी बन्दैन भन्दै विशेष महाधिवेशनकै नारा थियो । त्यही कारण कृपामा पार्टी बन्दैन । काँग्रेसी भाउजु डा. आरजुको कलोमा बाँच्न चाहेकाहरूले सभापति थापाकै हस्ताक्षरको चुनावी टिकट लिएर चुनाव लडेर थन्किए, डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइरालाहरूको विद्वता यस्तै छ भने पिताको मानका लागि मान पाएका गणेशमान पुत्र प्रकाशमान, महेन्द्रनारायण पुत्र, विमलेन्द्रको असक्षमताको भारी तिनैले हाँकेका मन्त्रालय स्तरीय निर्णय खोतल्दा देखिन्छ । यो टोलीको युवा पु्स्ता नैन सिंह महर, नारायणप्रसाद साउद, जीतजंग बस्नेतहरूका लागि अब प्रतिस्पर्धा भन्दा टिके प्रथा नै उपलब्धीमुलक र प्रजातान्त्रिक ठान्दा हुन्छ । विचारको भन्दा पदको लोभले निर्वाचन आयोजक समितिमा बराबरी खोजिएको हो । तर उपसभापति विश्वप्रकाश शर्माले त्यो प्रसंग अर्थहिन भइसक्यो भनेका छन् । कटने काजीदेखि ज्ञानेन्द्रबहादुर कार्कीसम्म भ्रष्टाचारको छानविनमा छन् । हिजो काँग्रेस, एमालेको गठबन्धनले अख्तियार नामर्द थियो, अदालतमा घुसखोरी नै थियो । जेनजी पुस्ताको भावनामा चल्नु पर्ने पार्टी दासत्वमा रमाउनु जात्रा नै हो । क्षमता कार्यकर्तासँगको सम्बन्ध लगनशीलता जस्ता कुरामा पार्टीले स्वच्छ नेतृत्व त्यसैले लिन्छ भन्ने सभापति थापाको घोषणा नरुचाएका वंशवादीहरूले तमसा देखाएका छन् । उनीहरू अदालत, निर्वाचन आयोग, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको सहभागितालाई समेत स्वीकार्दैनन् । पार्टीको विधान भन्दा माथि रहेका भ्रष्टाचारीको सञ्जाल चम्केर युवा पंक्तिले प्रदेश र जिल्ललाई क्रियाशील सदस्यता वितरण, छानविन र स्वीकृतिको जिम्मा दिएको छ । वंशवादमा चम्कने सधैं सत्तामा रमाउन चाहने, टोलीले पार्टी नेतृत्वले लिएको अडानमा मान्दैन । पार्टी १५ औं महाधिवेशनको तयारीमा छ । यो जमात बराबर भाग खोजेर केन्द्रमा छुट्टै कार्यालय खोजेर तमासा देखाउँदैछ । मन्त्री पद पाउँदा राज्य लुट मच्चाउन पछि नपर्ने पार्टीमा टिके प्रथाको विश्वास गर्ने भएपछि कार्यकर्ताले पनि कतिसम्मान गर्छन् जबकि क्षमता भएकाहरू हरेक पदमा प्रतिस्पर्धा गर्न तयार छन् । कृपाको राजनीति अब टिक्दैन प्रतिस्पर्धा नै स्वीकार्य छ उनीहरू भन्छन् ।
२०८३ जेष्ठ १३
ताजा नेपाल
२०८३ जेष्ठ १३
ताजा नेपाल
२०८३ जेष्ठ १२
ताजा नेपाल