Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रालयको सुवर्ण हलमा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले बजेटका प्राथमिकता, कार्यक्रम तथा कार्यान्वयनका पक्षबारे जानकारी दिने तथा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने अपेक्षा गरिएको छ।
अर्थमन्त्री वाग्लेले गत शुक्रबार संघीय संसदमा आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेका थिए।
संसदमा बजेट प्रस्तुत भएपछि विभिन्न क्षेत्रबाट आएका प्रतिक्रिया, सुझाव तथा चासोका विषयमा समेत अन्तरक्रियामा छलफल हुने जनाइएको छ।
२०८३ जेष्ठ १७
ताजा नेपाल
२०८३ जेष्ठ १७
ताजा नेपाल
२०८३ जेष्ठ १७
ताजा नेपाल