Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले निरन्तर विरोध जनाएपछि बैठक सञ्चालन हुन नसकेको हो।

बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसद् कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका थिए।

तर, विरोध कायमै रहेपछि सभामुख अर्यालले आजका लागि निर्धारित सम्पूर्ण कार्यसूची हटाइएको घोषणा गरे।

यसैबीच, संसद् बैठकका क्रममा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्न समिति गठन गरिएको जानकारी पनि सभामुखले गराएका थिए। त्यसलगत्तै उनले बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे।