Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
भेपमार्फत सुन तस्करीसम्बन्धी भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
अदालतको आदेशअनुसार महराले एक लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाएर तारेखमा रहनुपर्नेछ। धरौटी बुझाउन नसके उनलाई कारागार चलान गर्नुपर्ने व्यवस्था पनि आदेशमा उल्लेख छ।
अदालतले मुद्दा पुर्पक्षका क्रममा पछि प्रमाणहरू बुझ्दै जाँदा ठहरे बमोजिम हुने भन्दै उनलाई धरौटीमा छाड्ने निर्णय गरेको हो।
आदेशमा महराले अनुसन्धान अधिकृत र अदालतसमक्ष दिएको बयान, भेपमा सुन राखी आयात गरिएको भन्ने उजुरी तथा महरा, दाओजिन वाङ र अरुण पोखरेलबीचको फोन संवादलगायतका प्रमाणहरूलाई आधार मानेर धरौटीमा रिहा गर्ने निर्णय गरिएको उल्लेख छ।
यसै प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित अन्य प्रतिवादीविरुद्ध करिब ७ करोड ७८ लाख ६८ हजार रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कृष्णबहादुर महरा पूर्व सभामुखसमेत हुन्।
२०८३ जेष्ठ १९
ताजा नेपाल
२०८३ जेष्ठ १९
ताजा नेपाल
२०८३ जेष्ठ १९
ताजा नेपाल