Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको जनाइएको छ।
भेटपछि प्रधानमन्त्री मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि भारत सहकार्य गर्न तत्पर रहेको बताएका छन्। लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गर्दै मोदीले दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने चाहनालाई स्वागत र समर्थन गर्ने उल्लेख गरेका छन्।

‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु,’ मोदीको भनाइ उद्धृत गर्दै भारतीय पक्षले जनाएको छ।
भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेलाई सोमबार भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियो। भाजपा अध्यक्ष नितिन नवीनले उनलाई औपचारिक स्वागत गरेका थिए।
भ्रमणकै क्रममा मंगलबार लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। ती भेटमा नेपाल–भारत सम्बन्ध र आपसी सहकार्यका विषयमा विचार आदानप्रदान भएको बताइएको छ।
जेठ १८ गते भारत प्रस्थान गरेको रास्वपा प्रतिनिधिमण्डलको नेतृत्व लामिछानेले गरेका छन्। प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।
नेपालसँग सहकार्य विस्तार गर्न भारत तयार : प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि अझ नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटपछि मोदीले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्रमुख साझेदार राष्ट्रका रूपमा उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
लामिछानेसँगको भेटप्रति सन्तुष्टि व्यक्त गर्दै मोदीले नेपालसँग सहकार्यलाई अझ सुदृढ बनाउने चाहनाको स्वागत गरेका छन्। “साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु,” मोदीले उल्लेख गरेका छन्।
भेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै मोदीले नेपाल र भारतबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफूहरू उत्साहित रहेको बताएका छन्।
“‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत नेपाल हाम्रो प्राथमिक साझेदार राष्ट्र हो। दुई देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं,” मोदीले लेखेका छन्।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल हाल पाँचदिने भारत भ्रमणमा रहेको छ।
२०८३ जेष्ठ २०
ताजा नेपाल
२०८३ जेष्ठ २०
ताजा नेपाल
२०८३ जेष्ठ २०
ताजा नेपाल