Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण सकिएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएका छन्।
भारतीय परराष्ट्रमन्त्री एस. जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री खनालले जुन ६ र ७ मा भारत भ्रमण गर्न लागेका हुन्। नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्ने उद्देश्यसहित उनको भ्रमण तय भएको बताइएको छ।
रास्वपा सभापति लामिछाने भारत भ्रमणमै रहेका बेला परराष्ट्रमन्त्री खनालको भ्रमण तालिका सार्वजनिक भएको हो। लामिछानेको भ्रमण टोलीमा रहेका रास्वपा सचिवालय सदस्य दीपक बोहराका अनुसार मन्त्री खनालको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धसँग जोडिएका साझा हितका विषयहरूलाई प्राथमिकतामा राखेर ‘चेकलिस्ट’का आधारमा छलफल अघि बढाइनेछ।
यसअघि परराष्ट्रमन्त्री खनालले मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका अवसरमा भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए। सो भेटमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको थियो।
२०८३ जेष्ठ २४
ताजा नेपाल
२०८३ जेष्ठ २४
ताजा नेपाल
२०८३ जेष्ठ २४
ताजा नेपाल