Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालगञ्जका चार स्थानमा गरियो ‘सिल’

नेपालगन्ज । नेपालगञ्जका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाका अनुसार नमूना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो र उनी भेरी अस्पतालमा रहेका छन् । डा देवकोटाका अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा संक्रमितलाई ल्याउँदै गरिएको छ । ती पुरुषमा संक्रमण देखिएपछि नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले जानकारी दिए । संक्रमित व्यक्तिको आवतजावत भएको सम्भावित स्थानलाई सिल गरिएको हो ।
संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो । नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको छ । ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए ।
उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उनको पनि स्बाव संकलन गरिएको छ ।


सम्बन्धित समाचार