Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इन्डियामा साङ्लाहरूको तहल्का

काठमाडौँ । करिब एक महिनाअघि सामाजिक सञ्जालमा आक्रोश र व्यंग्यका रूपमा सुरु भएको ‘कक्रोच जनता पार्टी’ सिजेपीले शनिबार भारतको राजधानी नयाँदिल्लीस्थित जन्तरमन्तरमा शक्ति प्रदर्शन गरेको छ । इन्स्टाग्राम र एक्समा लाखौँ युवाको समर्थन बटुलेको यो अभियान भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै पहिलो पटक सडकमा उत्रिँदा जन्तरमन्तरमा हजारौँ युवा भेला भएका थिए । प्रदर्शनका लागि सिजेपीका संस्थापक अभिजित दीपके शनिबार बिहान अमेरिकाबाट दिल्ली आइपुगेका थिए । विमानस्थलबाट बाहिरिनेबित्तिकै सञ्चारमाध्यमसँग कुरा गर्दै उनले एनइइटी निट
परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणपछि शिक्षामन्त्रीले नैतिक जिम्मेवारी लिँदै पद छाड्नुपर्ने बताएका थिए । त्यसपछि उनी सिधै जन्तरमन्तर पुगे, जहाँ उनको प्रतीक्षामा हजारौँ समर्थक थिए ।

जन्तरमन्तरमा आयोजित सभालाई सम्बोधन गर्दै दीपकेले पछिल्ला दिनमा आफू र आफ्नोइन्डियामा साङ्लाहरूको तहल्का परिवारले भोगेको मानसिक दबाबबारे बोले । पछिल्ला केही दिनदेखि मेरी आमा र दिदीबहिनीहरू रोइरहेका थिए । म भारत फर्किएपछि पक्राउ पर्ने हो कि भन्ने डर उनीहरूमा थियो,’ उनले भने । उनले यसलाई आफ्नो परिवारको मात्र नभई सरकारको आलोचना गर्ने हरेक युवा र नागरिकको साझा डरका रूपमा चित्रित गरे । उनको सम्बोधनका क्रममा उपस्थित युवाहरूले डराउँदैनौँ, तिम्रो राजनीतिबाट डराउँदैनौँ, धर्मको राजनीति बन्द गर, हिन्दु–मुस्लिमको राजनीति बन्द गर’ जस्ता नारा लगाएका थिए ।

दीपकेले भने, पछिल्ला ५–१० दिनदेखि मानिसहरूले मलाई सोधिरहेका थिए कि सामाजिक सञ्जालमा पेज चलाएर के हुन्छ ती मानिसहरूलाई क्यामेरा घुमाएर देखाइदिनुहोस् कि जन्तरमन्तरमा कति कक्रोच घरबाट बाहिर निस्किएका छन् । एक–दुई दिनमै लाखौँ विद्यार्थी आफ्नो साथमा हुने दाबी गर्दै उनले भने, १०–१२ वर्षदेखि हामीलाई हिन्दु–मुस्लिमको राजनीतिमा अल्झाइयो । यसबाट कसलाई फाइदा भयो र हिन्दु–मुस्लिमको राजनीति इन्डियामा इन्डियामा साङ्लाहरूको तहल्का साङ्लाहरूको तहल्कागरेर कसैले रोजगारी पायो त

प्रदर्शनमा शिक्षाविद् तथा लद्दाखका चर्चित वातावरण अभियन्ता सोनम वाङ्चुक पनि सहभागी भएका थिए । उनले यसअघि दीपके भारत फर्कने क्रममा पक्राउ पर्न सक्ने आशंका व्यक्त गरेका थिए । तर, उनी सुरक्षित रूपमा दिल्ली पुगेपछि थप चर्चा चुलिएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनलाई लक्षित गर्दै दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो भने सञ्चारकर्मीहरूको उपस्थिति पनि उल्लेख्य थियो । सिजेपीको विरोध गर्न केही भाजपा समर्थक पनि जन्तरमन्तर पुगेका थिए । सम्भावित झडप रोक्न प्रहरीले उनीहरूलाई प्रदर्शनस्थलबाट बाहिर पठाएको जनाइएको छ । केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ ।

सिजेपीको उत्पत्ति भने भारतका प्रधानन्यायाधीश सूर्यकान्तको एउटा विवादास्पद टिप्पणीसँग जोडिएको छ । अदालतमा भएको बहसका क्रममा बेरोजगार युवालाई ‘कक्रोच’ र ‘परजीवी’सँग तुलना गरिएको भन्दै त्यसको विरोधस्वरूप अमेरिकामा रहेका भारतीय युवा अभिजित दीपकेले सामाजिक सञ्जालमा कक्रोच जनता पार्टी नामक अभियान सुरु गरेका थिए । व्यंग्यका रूपमा सुरु भएको उक्त अभियानले छोटो समयमै अप्रत्यासित समर्थन पायो । इन्स्टाग्राममा मात्रै करिब २ करोड २० लाख फलोअर पुगेपछि अभियान सामाजिक सञ्जालको सीमाभन्दा बाहिर निस्किन थालेको थियो ।

आन्दोलनप्रति विभिन्न सार्वजनिक व्यक्तित्वहरूले पनि चासो देखाएका छन् । वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले यसलाई बेरोजगारी, परीक्षा प्रश्नपत्र चुहावट, भर्ती प्रक्रियामा भ्रष्टाचार र संस्थागत कमजोरीप्रति युवाको स्वाभाविक प्रतिक्रिया भनेका छन् । राजनीतिक विश्लेषक योगेन्द्र यादवले ‘कक्रोच जनता पार्टी’ कुनै परम्परागत राजनीतिक दल नभई वर्तमान समयको जनभावनाको अभिव्यक्ति भएको टिप्पणी गरेका छन् । शिवसेना नेतृ प्रियंका चतुर्वेदीले पनि प्रदर्शनको अनुमति दिएकामा दिल्ली प्रहरीको प्रशंसा गरेकी छिन् ।

सिजेपीले आफ्ना समर्थकहरूलाई तिरंगा झन्डा, पुस्तक र फूल लिएर प्रदर्शनमा आउन आह्वान गरेको थियो । आन्दोलनलाई प्रेम, शान्ति र लोकतान्त्रिक मूल्यमा आधारित राख्न पार्टी नेतृत्वले बारम्बार आग्रह गरेको छ । प्रदर्शनपछि दीपकेले शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई ५ दिनभित्र राजीनामा दिन आग्रह गर्दै अन्यथा देशव्यापी आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । शनिबार जन्तरमन्तरमा देखिएको उपस्थितिले भारतमा युवाहरूको गहिरो असन्तुष्टिको संकेत गरेको विश्लेषकहरूको मत छ ।


सम्बन्धित समाचार