Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कार्यकर्ताको भावना युवाको काँधमा नेतृत्व पुगोस भन्ने छ तर शेरबहादुर देउवाको नाउ भजाउनेहरूलाई पुरातनवादी सोच र यथास्थितिवादी चिन्तन हटाउन मन छैन । डा. शेखर कोइराला पार्टी सुधारक बन्न सकेनन् । डा. शशांक र सुजाताबाट त्यो अपेक्षा थिएन । गलत प्रवृत्ति, भ्रष्ट चरित्रका धेरै पूर्णबहादुरसँगै छन् । जसले पार्टी सत्तामा हुँदा मनपरी चलाए । गुण्डाकै संरक्षक बन्दा घर घडेरी जोड्ने पनि त्यही छन् । आज काँग्रेस सुदृढीकरण अभियान चलेको छ । जुन अभियानका नायक गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरे छन् । यिनलाई नेताहरू अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठहरूले सघाएका छन् । अबको काँग्रेस प्रकाशमान, विलेन्द्र, आनन्द ढुंगानाहरूले धान्दैनन् । नत भ्रष्टाचारको छानविनमा परेका मोहन बस्नेत, दिपक खड्का, ज्ञानेन्द्र कार्कीले धान्न सक्छन् । काँग्रेसभित्रका धमिरा र कमिलाले पार्टीको अत्मामै ठेस लगाएको बेला नेतृत्व कठोर बन्नैपर्छ । पद पाउँदा राम्रो काम नगर्ने विमलेन्द्र भौतिकमन्त्री भए, यातायात मार्फत जबर्जस्त इम्बोष्ड नम्बर राख्न सवारी साधनहरूलाई बाध्य बनाए । आज त्यो विवाद नेपाली वर्ण विरोधी निर्णयमा परिणत छ । यिनै निधि गृहमन्त्री बन्दा नै नेपाली नागरिकतालाई थन्क्याएर राष्ट्रिय परिचयपत्र लिन बाध्य बनाइयो । यो विवादले दुर्गममा राष्ट्रिय परिचयपत्रको अभावमा सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिक हैरान छन् । जनताको सेवक बन्नु पर्ने शासकहरूले जनतामाथि दोहन गर्नु लोकतन्त्र होइन । सरकारले समेत राष्ट्रिय परिचयत्रपको ठाउँमा नागरिकतालाई जोड दिनुपथ्र्यो । त्यो ख्याल गरेन । केपी ओली बढी शासक भएको समयमा देश समृद्धि र विकासमा फड्को मार्नु पथ्र्यो तर ओलीले माफिया र तस्करको भन्दा अरुको कामै गरेनन् । नयाँ योजनाले छ लाख भन्दा बढी क्रियाशील सदस्यता अद्यावधि गराएको छ । पुरानो सदस्यको अध्यावधि नगर्ने देउवा समूहको उर्दी नमान्नेले १५औं महाधिवेशनमा सहभागी हुन पाउँदैन । पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरू १५औं महाविधेशनमा सहभागी बन्न नछेके पनि नयाँ आउनेका लागि बाटो छेक्ने काम तिनैले गरेका छन् जो विशेष महाविधेशन विरोधी बनेर निस्केका छन् । नयाँ चरणको अभियान स्वीकार्न नसक्ने यो समूहमा कृष्ण सिटौला, डा. शेखर कोइराला छन् । तर यिनकै पक्षधर बन्दा कुन्दनराज काफ्ले जस्ताको राजनीति कता जान्छ ? विवादका धरोहर बलबहादुर केसी, डा. प्रकाशशरण महतलाई नेता मान्नै पर्ने बाध्यता हटिसकेको छ । उनीहरूले आफ्नै लागि राजनीति गरेका हुन् । समय आएपछि आफ्नो क्षेत्रको जनसख्या भन्दा बढी विरामी जनताको निःशुल्कऔषधि उपचार गरेका डा. सुनिल शर्माले त चुनाव जित्न सकेनन् । नाइजेरियन युवतीलाई गर्भवती बनाउने कृष्णकुमार कार्कीलाई जनताले रास्वपाबाट चुनाव जिताएको बेला काँग्रेस झापा, मोरङ, काठमाडौं जस्ता शहरबाट पराजित हुनु त्यहाँबाट प्रतिनिधित्व गर्ने नेताहरूको असफलता हो । चुनाव उठ्न नपाउनु एउटा पक्ष हो । गगन थापाको हस्ताक्षरबत्राट वितरित टिकट लिएर चुनाव लडेर थन्केपछि त्यो नेतृत्व स्वीकार्य छैन भन्ने डा. शेखर कोइराला, विमेन्द्र निधि जस्ता नेताले हिजोका आफ्नै समूहभित्रको मर्यादा जोगाउन कठिन हुनेछ । काँग्रेस सुधारिन्छ सुधारिएको त्यो काँग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्दा कागजी फर्म प्रयोग गरेन । आधुनिक संरचनाको दुनियामा पुरानै चालचलनमा खटेको पूर्णबहादुर खड्काहरूलाई अब कार्यकर्ता झुक्याउन सक्ने स्थिति टिकाउन समय छैन । व्यवस्थाको सुधारतर्फ सरकार लाग्दा नयाँ काँग्रेस विधिसम्वत कुरा गर्छ भने पुराना खाइदेउका लागि युवाकार्यकर्ताले फेरि दश बनिदिनु पर्ने बाध्यता स्वीकार्न कठिन हुनेछ ।
२०८३ जेष्ठ २७
ताजा नेपाल
२०८३ जेष्ठ २७
ताजा नेपाल
२०८३ जेष्ठ २७
ताजा नेपाल