Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले निवर्तमान सभापति डा। अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै प्रदेश नेतृत्वमा निर्वाचितभएका हुन् ।
रास्वपा केन्द्रीय निर्वाचन विभागका संयोजक भुवन केसीका अनुसार अर्यालले ४१६ मत प्राप्त गर्नुभएको छ भने लामिछानेले ४१४ मत प्राप्त गरेका थिए ।
रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नेतृत्व चयनसम्बन्धी विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया शनिबार काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न गरिएको हो ।
२०८३ जेष्ठ ३१
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल