Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपालको राष्ट्रिय राजनीतिको कमजोरीको फाइदा लिँदै विभिन्न देशका गेरु वस्त्रधारीहरू मात्र होइनन् बौद्धमार्गी बताउनेहरूले समेत बेलाबखत कुटनीतिक क्षेत्रमाथि चुनौती दिने प्रवृत्ति बढेर गएको छ । त्यस्ता व्यक्तिहरूले नेपाली प्रशासनहरूलाई किनेर नेपालको नागरिकता लिने र आफ्नो स्वार्थ पूर्ति गर्ने प्रवृत्ति पनि चर्कन थालेको छ । गृहमन्त्री सुधन गुरुङ विगतका विकृति र विसंगतिका विरुद्ध आक्रामक बन्ने घोषणा गर्छन् तर उनले त्यस्ता विकृतिहरूको फेदसम्म पुग्ने साहस गरेको देखिँदैन । नक्कली नागरिकताधारी तिब्बतियन लामा खेम्पो तेम्बा युङदुङको गत हप्ता भएको नेपाल भ्रमण पूजाआजाको बहानामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भएको थियो । उनको भ्रमणप्रति प्रश्न उठ्न थालेपछि युङदुङले नेपाल छाडेका थिए । उनी त्यसपछि पुनः भारत फर्किएका हुन् । उनी एक वर्षअगाडि बितेका एक सय वर्षका ह्युङजिन रिम्पोछे भन्ने योङजिन रिम्पोछेको वार्षिक तिथिका लागि लागि नेपाल आएको बताइएको छ । रिम्पोछेको बर्खान्तका अवसरमा विशेष पूजा आयोजना गरिएको थियो । यही मौकामा उनले आफ्नो सबै सम्पत्तिको व्यवस्थापन मिलाएको स्रोत बताउँछ । पूजा त नेपाल छिर्ने बहाना मात्रै थियो । पूजामा आएको जस्तो बहानामा सम्पत्ति लुकाउने मुख्य उद्देश्य हो भने यहाँ छानविन जरुरी छ । सन् १९६९ मा जन्मिएका रिम्पोछेमाथि नक्कली नेपाली नागरिकता लिएको आरोप छ ।
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल