Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेन्द्र र ओलीमा छैन भिन्नता

काठमाडौं । कुरा सही हो, दुई तिहाईको दम्ब र अहंकारले केपी ओलीलाई कहाँबाट कहाँ पु¥यायो ? रास्वपाका वरिष्ठ उपाधयक्ष एवं प्रधानमन्त्री बालेन्द्रको हालत सय दिन पार नलाग्दै जनताको नजरमा गिर्न थालेको छ । राष्ट्रपतिले नीति कार्यक्रम बाचन गर्दा गर्दै संसद छोड्नु, प्रजातन्त्र दिवासमा सम्बोधन गर्ने भौका गुमाउनु मात्र होइन, छिमेकीको जमिन नेपालले पनि मिचेको छ भन्नु जस्ता अपरिपक्व दिग्भ्रमित र कानुन छोड्ने प्रयास हुँदैछ । जुन रूपमा रास्वपाप्रतिको विश्वास बढ्दै थियो । त्यसले त्यो गरिमा र पहुँच जोगिएन । यसको मुल कारक नै प्रम बालेन्द्र बन्दैछन् । संसदमा बोल्दा गल्ती भो कसले बालेन उक्सायो ? कतै प्रमलाई बदनाम गर्ने उद्देश्यले यहाँ खेल खेलेको छैन ? सभापति रवि लामिछानेमाथि ओली शासन चम्कदैनथ्यो र बालेनको महानगर प्रमुख बन्दा सिंहदरबारले दागा धर्दैनथ्यो भने रास्वपाको यो उर्भर रूप हुँदैनथ्यो । दुःख त रविले धेरै पाए । अत्याचारको सीमा नाघेको थियो । जुन अत्याचार ओली आफैं ज्यान मुद्दामा जेल पर्दा सहेका थिएनन् । आफू गोलघरमा महिनौ बिताएका ओली रविलाई थुनेको कोठा हावा प्रवेश गर्न नसक्ने, सुत्ने खटिया शरीर अनुसार उपलब्ध नगराएको जानकारी पाएकै थिए होलान् । ओलीले प्रम हुँदा संविधान र कानुनको मर्यादा राखेका थिए भने नयाँ जान्ने र छान्नेहरूले देशमा दुई तिहाईको दम्ब देखाएर संसदको मर्यादा राख्थे र गरिमा बचाउँथे । भ्रष्टाचार र बेथितिमाथि बालेन सरकाले प्रहार गरेको छ । तर कानुनको धज्जी उडाउँदै प्रधानमन्त्रीले थुपारेको त्यो दुर्गन्ध हटाउन रास्वपा सभापति रवि लामिछाने आफैं जुटे पनि सफल भएका छैनन् ।
वर्तमान सरकारको काम हल्ला बढी, काम कम गर्ने विगतको परम्परामामै दौडने प्रयास गरेको छ । प्रधानमन्त्री विकासका कुरा रटान लगाउँछ । शिक्षा, स्वास्थ्य, सञ्चार, विज्ञान प्रविधि, कृषि, गृहजस्ता मन्त्रालयको विनियोजित बजेट विगतको जस्तो छैन । प्रत्येक मन्त्रालयमा तोकिएको बजेट विगतको भन्दा अर्ब अर्बले कम व्यवस्था भएको छ । सरकार दश हजार नयाँ रोजगारी थप्ने भन्छ, तर त्यही पुरानो दरबन्दी उमेर हद ५५, सेवाकाल ३० वर्ष पुगेकाहरूलाई सेवाबाट हटाएर कायम गर्ने दरबन्दी पुरानै हुन्छ, रोजगारी नयाँ कता सिर्जना भयो खै ? अल्छिको बात जैशीले जान्दैन । जसले सिंहदरबार चिन्दैन त्यसले चर्का गफ गर्नु हुन्न । प्रधानमन्त्री पुरानालाई सराप्छन्, उनले सरापेका र भ्रष्टाचारले पुरिएकाहरू कोही चुनाव जितेका छैनन् । भ्रष्ट रास्वपामै छन् भनेर हुँदैन बालेन्द्रलाई सदबुद्धि दिने मान्छे कोही छैनन् । जसरी केपी ओलीलाई सुझाव र सल्ला दिने कोही थिएनन् । जो थिए दलाल थिए, उनीहरूले स्वार्थ हेर्थे । आज सरकारमा हुनेको कुरा चर्को छ । काममा सुन्यता नै छ । हिजोकै मर्दा र जन्मँदा वृद्ध र शिशुले महशुल बुझाउनु पर्ने नियममा रमाउने एमालेहरू आज अस्तित्व रक्षामा छन् । एमाले संगठन विचारको कुरा सुनुवाई हुन्न । त्यहाँ ओलीले बोलेको कुरा कानुन सम्वत ठानिएको प्रतिफल पार्टीले व्यहोरेको छ । तर चेतना आफैं चुनाव हार्नेहरूलाई आएन । ओली आफैं पनि अझै पार्टीको नेतृत्व नछाड्ने एक पटक शासक बन्ने रहर गर्दैछन् । उनको त्यो रहर जनताले अब पुरा गर्ने अवस्था छैन ।
व्यवस्था स्वीकारेको छ, संघीय सुशासनको कुरा चर्का गरिन्छ, काम व्यवस्थाकै बदनाम गर्दैछ । सरकारको सय दिन कति प्रगति भयो, खोजेर पाइँदैन । कालो बजार उस्तै छ । अभाव सिर्जन गर्ने बजेटको अधिपछि जबर्जस्त मूल्य बढाउने प्रवृत्ति आज पनि छ । भन्सार बिन्दूृमा राजश्व गढबढ गरेर इभी गाडी व्यापारीले अर्थमन्त्री, भन्सार प्रमुख, राजश्व प्रमुख र अर्थ सचिवलाई प्रभाव पारेकै कारण व्यापारीको हितमा काम भयो ।
सामाजिक सञ्जालको धम्कीको भाषा प्रधानमन्त्रीको त्यो पदीय हैसियत भन्दा भिन्न छन् । पदीय मूल्य र मर्यादा राख्न नसक्ने प्रधानम्न्त्री पद त्यागे हुन्छ । किनकि विधि, पद्दति, कानुन नमान्ने बालेन्द्र शाह र केपीको चरित्रमा फरक पन भएन । ओलीले काँग्रेसको दुई तिहाईलाई कमाई र लुटमा परिणत गराए, राजश्व घटाए, माफिया र तस्करको सेवा गरे । अहिले बालेन विद्युतीय गाडीको भन्सार दर घटाउँदा पत्ता नपाउने कस्ता प्रम परे । जसले घरायसी विद्युतमा कर, शिक्षामा कर, स्वास्थ्यमा कर लगाएर राम्रै काम गर्दैछ । करका दर अर्थमन्त्री बढाउँछन्, प्रधानमन्त्री समाज रूपान्तरणको बाटो बन्द गर्छन् ।
सरकारले राम्रा काम गर्दा जनताले सहज रूपमा सेवा पाएको खोई ? गरिब झन् गरिब, कालो बजार यथावत भएपछि परिवर्तनको अपेक्षा कहाँ रह्यो ? मन्त्रीहरूको सम्पत्ति विवरणले पुरानालाई गिज्यायो । नयाँले श्रोत लुकाउनु, पुरानाले शंकास्पद व्यवसायीको पक्षमा सत्ता दुरूपयोग गरेको रास्वपाले अनुशरण गरेको हो ? सरकारले सम्पत्ति छानविनको नाटक मञ्चन गर्नुको कारण आफ्ना करोडपति सांसद, अर्वपति मन्त्रीको विरुद्ध आक्रोश कम होस् भन्ने हो । ओली आफैंले कुनै आयोगलाई बयान दिन्न भनेर कुर्लिए पनि कार्की आयोगलाई लिखित बयान दिन बाध्य भएको स्मरण गर्नु आवश्यक छ । नेतृत्वमा पुगेपछि मर्यादा राख्ने आफैंले हो । काम गर्ने हो भाषण गर्ने होइन भनेका प्रम बालेन्द्रको सरकारले राजधानीको काल फोहोरको स्थायी प्रबन्ध, कृषि मलको व्यवस्था, कृषकको उत्पादनको उचित मूल्य र बजारीकरण जस्ता विषयमा किन गम्भीरता देखाएको छैन ? आखिर जनतामाथि शोषण छ । भ्रष्टहरू केही मौन होलान् । तर छान्ने काममा यो सरकार पूर्ण असफल भएको छ । भ्रष्टाचारी नै विश्वासी बन्न समयमा पुग्छन् । हल्ला त अनेक हुन्छन् जनताको पक्षमा राज्यले काम गर्ने कुरा नयाँ बोतलमा पुरानै रक्सी बन्दैछ ।

 


सम्बन्धित समाचार