Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाले महाधिवेशन प्रतिनिधि शुल्क पाँच हजार रुपैयाँ तोक्यो

काठमाडौं, ३ असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनका प्रतिनिधिहरूका लागि शुल्क निर्धारण गरेको छ। पार्टीले प्रत्येक प्रतिनिधिबाट पाँच हजार रुपैयाँ शुल्क लिने निर्णय गरेको जनाएको छ।

पार्टीको निर्वाचन आयोगका अनुसार पर्यवेक्षकका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ। साथै, आर्थिक रूपमा कमजोर तथा विपन्न सदस्यहरूलाई महाधिवेशनमा सहभागी हुन सहज बनाउन सहायता कोष सञ्चालन गरिने जानकारी पनि दिइएको छ।

रास्वपाको अनुमानअनुसार महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहनेछ। पार्टीले आफ्नो प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने तयारी गरेको छ।

पार्टी स्थापना भएको चार वर्ष पूरा भएकै दिनबाट महाधिवेशन सुरु हुने कार्यक्रम तय गरिएको छ। महाधिवेशनको व्यवस्थापन तथा सञ्चालनका लागि मूल आयोजक समितिसहित १८ वटा विभिन्न उपसमितिहरू गठन गरी तयारीलाई तीव्र बनाइएको पार्टीले जनाएको छ।