Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं, श्रम संस्कृति पार्टीका सांसदहरूको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले मन्त्रीलाई थप प्रश्न सोध्न माग गरेका थिए। तर सभामुख डोलप्रसाद अर्याल ले नियमअनुसार स्पष्टीकरणमाथि पुनः स्पष्टीकरण सोध्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उनलाई आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए।
सभामुखको निर्देशनपछि साम्पाङ केहीबेर आफ्नो स्थानमा बसे पनि त्यसपछि श्रम संस्कृति पार्टीका सांसदहरूले उभिएर विरोध जनाएका थिए। बैठक सञ्चालन भइरहेकै क्रममा उनीहरू संसद्को वेलमा पुगेर घेराउ गर्न थालेका थिए।
विरोधका बीच सभामुखले बैठक सञ्चालनलाई निरन्तरता दिए पनि सांसदहरूले वेल घेराउसँगै नाराबाजी थालेपछि संसद्को वातावरण थप तनावपूर्ण बनेको थियो।
अन्ततः संसद्मा अवरोध जारी रहेपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्। श्रम संस्कृति पार्टीले उठाएको विषय र त्यसबारे संसद्मा हुने थप छलफललाई चासोका साथ हेरिएको छ।
२०८३ असार ३
ताजा नेपाल
२०८३ असार ३
ताजा नेपाल
२०८३ असार ३
ताजा नेपाल