Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जनताले पुरानाले देश खाए नयाँ दूधले नुहाएका होलान् भनेर दिएको मतको अपमान भएको छ । सरकारका कामले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सुशासन देखेको छैन । शुरुमा यातायात, परराष्ट्र, स्थानीय प्रशासनबाट लिने काममा सहुलियत देखिए पनि व्यवहारमा त्यो चुस्त भएन । मालपोत कर, लिने जग्गा बेच्दा दलालहरू मार्फत् मालपोत कार्यालयका कोठाकोठामै घुस लिएर काम लिनु पर्ने अवस्था आज ज्यूदै छ । सरकारले पासपोर्ट, राष्ट्रिय परिचयपत्र लिन पनि हैरान पारेकै हो । भ्रष्टाचार र कुशासन त्यो बेलाका काँग्रेस, एमालेका आरक्षण भूमि हुन् । भन्सारमा राजश्व छल्ने, जंगलको काठ तस्करलाई सुम्पने, देशको प्राकृतिक संरचनाको सदुपयोग नहुने विदेशी काठको बजार स्थापित गराउने काम तिनैले गराए । जसले किसानलाई खेती लगाउँदा मल दिएनन् । कुरा चर्का यिनकै जान्ने पनि यिनै थिए । अहिले पनि सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विषयमा गम्भीरता देखाएको छैन संविधानले ग्यारेन्टी गरेका यस्ता विषयमा दलीय दृष्टिकोण एक हुनुपर्छ । जनतालाई सेवा, सुविधा भन्दा बढी दोहन गर्न बालेन्द्र सरकार पनि सक्रिय छ । जुन सरकार देशको हितभन्दा पर जाँदैन भनिँदैछ । तर जनताले रोग लाग्दा उपचार गर्ने खर्चमै कर लिने शिक्षामा कर लिने, विद्युतीय प्रयोगमा भ्याट तिर्नु पर्ने नीतिले पुरानाकै बाटो त्यसले लिएको छ । देशको ऊर्जा खपत बढाउने र भारत निर्भर इन्धन घटाउने कुरामा अर्थमन्त्रीले चासो दिएनन । गृहमन्त्री सुधनले यस्ता विषय छोड्न हुन्न भन्ने जनमत बढ्दैछ । गृहमन्त्रीको कार्यक्षेत्र शान्ति सुरक्षा र अमन चयन प्रमुख हो भने गैर नेपाली नक्कली नागरिकले नेपालको नागरिक्ता लिएर चलाउने धन्दामाथि कडीकडाउ गर्नुमा गृहकै अधिकार क्षेत्र बन्दछ । यो सरकार आफैं पनि विवादित छ । आफू शुद्ध नभए अरुको कुरा काट्नु उचित हुन्न । मन्त्री, सांसदहरूले कमाएको अकुत सम्पत्तिको श्रोत के हो ? रास्वपा नयाँ रुप, नयाँ रंगले बनेको शक्ति थिएन । त्यसका जिल्ला नेता, कार्यकर्ता काँग्रेस र एमालेकै पृष्ठभूमिका छन् । हिजो पाmइदा लिए आज पनि सत्तारुढ दलको नाताले जिल्लामा आतंक स्थानीय सरकार वन कार्यालय, खानेपानी, सडक जस्ता सार्वजनिक सरोकारका कार्यालयमा चर्को छ । दूई तिहाईले संसदीय मर्यादा, विधिको शासनमाथि प्रहार गर्ने होइन । संविधान र संसदको गरिमा बचाउने र संसदमा जनताका प्रतिनिधिले उठाएका आवाजको सम्बोधन गर्ने हो । व्यवस्थाको सुधार व्यक्तिको आचरण र व्यवहारसँग जोडिन्छ । तर प्रधानमन्त्री बालेन्द्रलाई भने कुनै चासो छैन । उनको काम पुरानालाई धम्क्याउनु मात्रै छ ।
२०८३ असार ९
ताजा नेपाल
२०८३ असार ९
ताजा नेपाल
२०८३ असार ९
ताजा नेपाल