Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पहिलो पटक फिफा विश्वकप खेलिरहेको केप भर्डेले ऐतिहासिक प्रदर्शन गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह एचको उपविजेताका रूपमा अन्तिम ३२ मा पुगेको केप भर्डेले अब साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने भएको छ।
शनिबार बिहान भएको समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डेले ३ अंकसहित समूहको दोस्रो स्थानमा रहँदै नकआउट यात्रा तय गरेको हो।
अफ्रिकी टापु राष्ट्र केप भर्डेले पहिलो खेलमा पूर्व विश्वविजेता स्पेनसँग गोलरहित बराबरी खेल्दै विश्वकपमा पहिलो अंक जोडेको थियो। त्यसपछि दोस्रो खेलमा दुई पटकको विश्वविजेता उरुग्वेसँग २–२ को रोमाञ्चक बराबरी खेलेर अर्को महत्वपूर्ण अंक बटुलेको थियो।
उता, साविक विजेता अर्जेन्टिना भने लगातार दुई खेल जित्दै समूह जेको विजेताका रूपमा यसअघि नै अन्तिम ३२ मा प्रवेश गरिसकेको छ। अर्जेन्टिनाले समूह चरणको अन्तिम खेल आइतबार जोर्डनसँग खेल्ने तालिका छ।
यसैबीच, समूह चरणका बाँकी खेलअघि नै समूह केबाट पोर्चुगल, समूह एलबाट इंग्ल्यान्ड र घाना तथा समूह जीबाट इजिप्टले पनि नकआउट चरणमा स्थान पक्का गरेका छन्।
समूह डीमा तेस्रो स्थानमा रहेको पाराग्वे उत्कृष्ट तेस्रो टोलीमध्ये पर्दै अन्तिम ३२ मा पुगेको छ।
हालसम्म राउण्ड अफ ३२ अन्तर्गत १६ मध्ये ८ खेलको समीकरण तय भइसकेको छ। यसअन्तर्गत दक्षिण अफ्रिका–क्यानडा, ब्राजिल–जापान, जर्मनी–पाराग्वे, नेदरल्यान्ड्स–मोरक्को, आइभरी कोस्ट–नर्वे, फ्रान्स–स्वीडेन, सहआयोजक अमेरिका–बोस्निया एण्ड हर्जगोभिना तथा केप भर्डे–अर्जेन्टिनाबीचको प्रतिस्पर्धा हुने निश्चित भएको छ।
२०८३ असार १३
ताजा नेपाल
२०८३ असार १३
ताजा नेपाल
२०८३ असार १२
ताजा नेपाल